समाचार

सहकारीमा बम्जन परिवारको जालो

By खबरहब

September 20, 2024

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालका सहकारीमा ज्ञानबहादुर बम्जन परिवारको जालो भएको उल्लेख गरेको छ ।

तत्कालीन गोरखा डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा जोडिएका ज्ञानबहादुर बम्जन सूर्यदर्शन र गोरखा सेभिङ एण्ड को-अपरेटीभ लगायत सहकारी स‌ंस्थाको बचत रकम हिनामिना गरी जेलमा छन्‌ ।

ज्ञानबहादुर बम्जनले कसरी सहकारीमा परिवारको प्रवेश गराए र लाभ लिए भन्नेबारे समितिले प्रतिवेदनमा स्पष्ट लेखेको हो । अधिकांश सहकारीमा बम्जनसँग जोडिएकाहरूको संलग्नतामा खुलेको पाइएको छ । 

सहकारीहरूमा उनीहरूको पारिवारिक जालो व्यापक रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले प्रतिवेदनमा लेखेको छ, ‘दर्जबहादुर तामाङ ब्रिटिस सैनिकबाट दोस्रो विश्वयुद्ध लडेका योद्धा…का १४ तिने १६ वा भाइ, दिदी-बहिनीको विवाह, सम्धी सम्धिनी, माइती ज्वाइँ प्रायः सहकारी वा नेटवर्किङ पेशामा जोडिए । त्यसमध्ये अहिले अधिकांश सहकारी डीसी बम्जन र पछि मवहादुर बम्जनससँग जोडिएकाहरूको संलग्नतामा खुलेका र सहकारीहरूमा उनीहरूको पारिवारिक जालो व्यापक रहेको देखिन्छ ।’ 

यस्तो छ प्रतिवेदन