अमेरिकामा संविधान दिवस मनाइयो « Khabarhub

अमेरिकामा संविधान दिवस मनाइयो


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

टेक्सस– अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । 

वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजना गरिएको ‘नेपाल डे’ कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेलले नेपालको संविधान २०७२ का विशेषताका बारेमा जानकारी गराएका थिए ।

नेपाल डे कार्यक्रममा गैरआवासीय नेपालीहरूको तर्फबाट गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नेपालको संविधानले व्यवस्था गरेअनुसार ऐन कानुन निर्माण गरी गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरे। 

कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधिहरू, अमेरिकास्थित नेपाली समुदायका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

 नेपाल डे कार्यक्रमको सन्दर्भमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वको टोलीले टेक्ससको ड्यालसमा तत्काल कन्सुलर शिविर सञ्चालन तथा ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि कार्यवाहक राजदूत  खरेललाई ज्ञापनपत्र बुझाएको थियो । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : १७ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य