रामकुमारीबारे माधव नेपाल- अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन | Khabarhub Khabarhub

रामकुमारीबारे माधव नेपाल- अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने स्पष्ट पारेका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा गरेको ‘दशौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा’ कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाटै पार्टीप्रति निराशा पैदा गरेको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारेका हुन् ।

महाधिवेशनमा पराजित भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको उनले बताए।

समाजवादीको दशौँ महाधिवेशनका क्रममा उपाध्यक्ष पदमा नेतृ रामकुमारी झाँक्री पराजित भएकी थिइन् । नयाँ दल स्थापनाका लागि आफूले योगदान दिए पनि अध्यक्ष नेपालसहितका कारण उपाध्यक्षमा हार्नुपरेको गुनासो झाँक्रीले गर्दै आएकी छन् ।

झाँक्री समाजवादीको उपाध्यक्ष पदमा अर्की नेतृ जयन्ती राईसँग फराकिलो मतले पराजित भएकी थिइन् । उनले महाधिवेशनअघिबाटै समाजवादी अध्यक्ष नेपालसहितको नेतृत्वसँग असन्तुष्टिसहित सार्वजनिक अभिव्यक्ति दिने गरेकी छन् ।

‘महाधिवेशनमा दर्जनौँ चिट वितरण गरिएछ । चिटमा नाम भएका पनि हारेका छन् । नभएकाले पनि पनि जितेका छन् । चिटले मात्रै काम गरेको छैन । कमजोरी गर्नेले मम भनौँ’, उनले भने, ‘त्यसलाई प्रोत्साहन गर्दैनौँ । पार्टीका केही नेताहरूको अभिव्यक्ति आएका छन् । ती अभिव्यक्तिले तरंग पैदा गर्‍यो । त्यस्ता गल्ती आगामी दिनमा नदोहोरियुन् भनेर आत्मालोचना गर्नुभएको छ ।’

नेपालले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको जिकिर गरे । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा भद्दा हुँदै गएको कार्यशैली नेकपा एकीकृत समाजवादीमा स्वीकार्य नहुने बताए ।

देशको हितमा आँट र हिम्मतका साथ आफ्नो कुरा विश्वमाझ राख्न सक्ने कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता रहेको उनले बताएका छन् ।

त्यस्तै खनालले पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिने स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ५९ बजे

काठमाडौं महानगरको नगरसभामा बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको