रामकुमारीबारे माधव नेपाल- अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन « Khabarhub

रामकुमारीबारे माधव नेपाल- अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने स्पष्ट पारेका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा गरेको ‘दशौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा’ कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाटै पार्टीप्रति निराशा पैदा गरेको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारेका हुन् ।

महाधिवेशनमा पराजित भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको उनले बताए।

समाजवादीको दशौँ महाधिवेशनका क्रममा उपाध्यक्ष पदमा नेतृ रामकुमारी झाँक्री पराजित भएकी थिइन् । नयाँ दल स्थापनाका लागि आफूले योगदान दिए पनि अध्यक्ष नेपालसहितका कारण उपाध्यक्षमा हार्नुपरेको गुनासो झाँक्रीले गर्दै आएकी छन् ।

झाँक्री समाजवादीको उपाध्यक्ष पदमा अर्की नेतृ जयन्ती राईसँग फराकिलो मतले पराजित भएकी थिइन् । उनले महाधिवेशनअघिबाटै समाजवादी अध्यक्ष नेपालसहितको नेतृत्वसँग असन्तुष्टिसहित सार्वजनिक अभिव्यक्ति दिने गरेकी छन् ।

‘महाधिवेशनमा दर्जनौँ चिट वितरण गरिएछ । चिटमा नाम भएका पनि हारेका छन् । नभएकाले पनि पनि जितेका छन् । चिटले मात्रै काम गरेको छैन । कमजोरी गर्नेले मम भनौँ’, उनले भने, ‘त्यसलाई प्रोत्साहन गर्दैनौँ । पार्टीका केही नेताहरूको अभिव्यक्ति आएका छन् । ती अभिव्यक्तिले तरंग पैदा गर्‍यो । त्यस्ता गल्ती आगामी दिनमा नदोहोरियुन् भनेर आत्मालोचना गर्नुभएको छ ।’

नेपालले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको जिकिर गरे । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा भद्दा हुँदै गएको कार्यशैली नेकपा एकीकृत समाजवादीमा स्वीकार्य नहुने बताए ।

देशको हितमा आँट र हिम्मतका साथ आफ्नो कुरा विश्वमाझ राख्न सक्ने कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता रहेको उनले बताएका छन् ।

त्यस्तै खनालले पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिने स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ५९ बजे

‘वैदेशिक रोजगारीका नाममा भएको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्छ’

काठमाडौं– राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई