लागूऔषध ट्रामाडोलसहित ६ जना पक्राउ « Khabarhub

लागूऔषध ट्रामाडोलसहित ६ जना पक्राउ


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा लागूऔषध ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरेको छ । 

व्युरोले शुक्रबार काठमाडौंमा सम्मेलन गर्दै ब्युरोले १ लाख ८० हजार ४ सय ३० ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । लागूऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

भाद्र १८ गते उदयपुर घर भइ माकलबारी भर भएका बहादुर राईलाई ९ सय क्याप्सुल सहित पक्राउ गरिएको थियो । उनीमाथि थप अनुसन्धान गर्दा उनको कोठाबाट थप ३३ हजार ६ सय क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै भाद्र १९ गते सर्लाही घर भएका विपिन कुमार महतोलाई काठमाडौं मनोहरास्थीत बाबाचोकबाट ५३ हजार ९ सय ट्रमाडोल र ८ सय ९२ नाइट्राजेपाम सहित पक्राउ गरिएको थियो ।

त्यस्तै भाद्र ३१ गते पर्वत घर भइ काठमाडौं मित्रनगर बस्ने बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कबाट ९ हजार ट्रामाडोलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले जानकारी दिए।

उक्त लागू औषध सम्झना रोक्काबाट खरिदबिक्रि गर्ने गरेको अनुसन्धानबाट खुल्न आएपछि रोक्कालाई निजकै घरबाट ८३ हजार ट्रमाडोल तथा २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको आचार्यले बताए ।

रोक्काले उक्त लागूऔषध बिक्रीबितरण गर्ने मुख्य व्यक्ति बारा घर भएका एक व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले असोज २ गते बारा घर भएका प्रदीप सर्राफलाई टोखाबाट ट्रमाडोल ३० क्याप्सुल सहित पक्राउ गरेको छ ।

निजको कारोवारमा सहयोग गर्ने डल्लु घर भएका मन मोहन श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये प्रदीप सर्राफले विगतवर्षदेखि काठमाडौंमा ठूलो परिमाणमा अवैध कारोबार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : ०० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम