थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी « Khabarhub

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्।

गाउँका धेरै युवा वैदेशिक रोजगारी वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गरेका छन्।

३ लाख ५० हजार रुपैयाँ लगानी गरेर थ्रेसर मेसिन खरिद गरेका उनले धानबालीको मुख्य याममा मात्रै सम्पूर्ण खर्च कटाएर करिब १ लाख ५० हजार रुपैयाँसम्म खुद मुनाफा कमाउने बताए। उनले थ्रेसर मेसिन सञ्चालन गरेबापत प्रतिघण्टा २ हजार ५ सय रुपैयाँ वा एक क्विन्टल धान बराबर १२ किलो धान सेवा शुल्कबापत लिने गरेका छन्।

“विशेष गरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका कृषकहरूले थ्रेसरको बढी माग गर्नुहुन्छ,” आफ्नो व्यवसायको अनुभव सुनाउँदै शेखले भने, “थ्रेसरले एक घण्टामा १० कठ्ठासम्मको धानबाली सजिलै थन्क्याउन सकिन्छ।”

थ्रेसर मेसिनमा पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनुपर्ने कुनै झन्झट हुँदैन। काम छिटो, खर्च कम र समयको भारी बचत हुने भएकाले गाउँका सबै किसानले थ्रेसर मेसिन प्रयोग गर्ने गरेको उनले बताए।

केही वर्षअघिसम्म गाउँका सबैजसो किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरे पनि अहिले प्रत्येक किसानको खेत–खेतमा थ्रेसर मेसिन पुर्‍याउनुपर्दा इन्धन र समय धेरै खर्च हुने गरेको अमजतको दुखेसो छ।

गाउँमा सुरुमा आफूले थ्रेसर मेसिन सञ्चालन गरे पनि अहिले अन्य गाउँबाट समेत किसानले मेसिन मगाउने भएकाले प्रतिस्पर्धा हुने गरेको छ। यतिबेला धान झार्ने सिजनमा बिहान ५ बजेदेखि राति १२ बजेसम्म पनि किसानकै खेतमा थ्रेसर पुर्‍याउने गरेको अमजतले बताए।

बाँकेका गाउँगाउँमा आधुनिक कृषि प्रविधिको प्रवेशले परम्परागत खेती प्रणालीलाई एकाएक सहज बनाइदिएको छ। नेपालगञ्ज–१९ सुइया गाउँका अर्का किसान ध्रुवकुमार थापा क्षेत्री विगत एक दशकदेखि खेत जोत्नका लागि ट्र्याक्टर र धान–गहुँ थन्क्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन्।

त्यसअघि अर्मपर्म तथा खेताला लगाएर खेती गर्ने उनको अनुभवमा प्रविधिले कामलाई पूर्ण रूपमा बदलिदिएको छ। “गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल छ, पाइहाले पनि दैनिक ६ सयदेखि एक हजारसम्म ज्याला माग्छन्,” उनले भने, “मजदुरी लगाउँदा समय धेरै लाग्छ। तर थ्रेसर लगाउँदा बिनाझन्झट समयमै धान भित्र्याउन पाइन्छ। पैसा भएपछि रोप्नदेखि उत्पादन भित्र्याउनसम्म धेरै सजिलो भएको छ।”

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ८ : ५४ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा