त्रिविको प्रवक्तामा सह-प्रशासक बोहोरा नियुक्त « Khabarhub

त्रिविको प्रवक्तामा सह-प्रशासक बोहोरा नियुक्त


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले त्रिविको प्रवक्तामा सह-प्रशासक एमानसिंह बोहोरालाई नियुक्त गरेको छ ।

गत भदौ २६ गतेको कार्यकारी परिषद्को बैठकले सुशासन ऐन २०६४ को दफा ३५ बमोजिम त्रिविको प्रवक्ताको जिम्मेवारी त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयका प्रमुख बोहोरालाई दिएको हो ।

त्रिविमा लामो समयदेखि प्रवक्ताको जिम्मेवारी कसैलाई तोकिएको थिएन । नयाँ पदाधिकारी आएसँगै त्रिविको प्रवक्ता नियुक्ति र सूचना सार्वजनिक गर्न सञ्चारकर्मी एवम् सरोकारवालाले माग गर्दै आएका थिए ।

सुशासन ऐन २०६४ ले दफा ३५ मा प्रवक्ता तोक्नुपर्ने व्यवस्था गरेको छ । जसका लागि उक्त दफाले प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवम् कार्यालयले आफ्नो मन्त्रालय, विभाग तथा सरकारी निकाय एवम् कार्यालयको काम कारवाहीबारे सरोकारवालालाई वा सार्बजनिक रुपमा जानकारी दिन मन्त्रालय, विभाग तथा सरकारी निकाय एवम् कार्यालयको कुनै अधिकृतलाई प्रवक्ता तोक्नुपर्नेछ व्यवस्था गरेको छ ।

यसैगरी सुशासन सञ्चालन तथा व्यवस्थापन नियमावली २०६५ मा प्रवक्ताको चार प्रकारका काम, कर्तव्य र अधिकार तोकिदिएको छ ।

जसमा आफु कार्यरत निकायमा रहेका सार्वजनिक गर्नुपर्ने सूचनाहरु प्राप्त गर्ने, सार्बजनिक गर्नुपर्ने विषयका सूचना आफूभन्दा एक तह माथिको अधिकारीको स्वीकृति लिएर नियमित रुपमा सार्वजनिक गर्ने, कसैले कार्यालयसँग सम्बन्धित खास विषयको जानकारी माग गरे प्रचलित कानून बमोजिम दने र प्रवक्ताको बैठकमा भाग लिने जिम्मेवारी तोकिएका छन् ।

सार्वजनिक हितविरुद्ध हुने विषय भएमा त्यस्तो जानकारी दिन प्रवक्ता बाध्य नहुने पनि नियममा उल्लेख छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : १५ बजे

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना