ढल्किँदो साँझमा धपक्क बलेको धरहरा (तस्बिरहरू) « Khabarhub

ढल्किँदो साँझमा धपक्क बलेको धरहरा (तस्बिरहरू)


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माण थालिएको नौ वर्षपछि खुलेको काठमाडौंस्थित धरहरा अहिले सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

एक सातासम्म नि:शुल्क चढाउने भनिएपछि धरहरा परिसरमा दैनिक सयौँ सर्वसाधारणको भिड लागेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि खुलाइएको हो ।

निर्माणका क्रममा ६ पटकसम्म म्याद थप गरिएको धरहरा बिहीबार फेरि उद्घाटन गरेर सर्वसाधारणलाई खुलाइएको हो।

हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरामा चढ्ने व्यवस्था गरिएको छ ।

धरहरा चढ्न अनलाइनबाट टिकट बुकिङ गर्न सकिने छ। सर्वसाधारण झुम्मिन थालेपछि धरहरा परिसरलाई चिटिक्क बनाइएको छ ।

साँझको समयमा धरहरा परिसर बिजुली बत्तीका कारण लोभ लाग्दो देखिएको छ । बत्तीले धपक्क बलेको धरहरा परिसरमा सर्वसाधारण झुम्मिइरहेका छन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : ३५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार