४९ कम्पनीका मालिक केदारनाथ, जसले शिवशिखर डुबाएर तुलसी सहकारी खोले « Khabarhub

४९ कम्पनीका मालिक केदारनाथ, जसले शिवशिखर डुबाएर तुलसी सहकारी खोले


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएर यतिबेला नख्खु जेलमा छन् ।

जेलबाट बोलाएर शर्मालाई सहकारी छानबिन विशेष संसदीय समितिले उनीसँग बयान लिएको थियो ।

उनले बयानमा आफूसँग सम्बन्धित १८ वटा उत्पादन कम्पनी र २३ वटा ट्रेडिङ कम्पनी गरी जम्मा ४१ वटा रहेको बयान दिएका छन् ।

बयानमा क्रममा उनले सवाल ६ को जवाफ दिने क्रममा २०७६ सालसम्म शिव शिखर कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष भएको बताएका छन् ।

उनले शिव शिखर कृषि सहकारी संस्था लिमिटेड र शिखरदीप सहकारी संस्था मर्ज भएपछि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था नामकरण भई त्यसमै अध्यक्ष बनेको बताएका छन् ।

२०७६ मा सधारणसभा गरी अध्यक्ष सुशील बानियाँलाई बनाएको पनि उनले बताए । त्यसैगरी उपाध्यक्ष भोजराज पौडेल, सचिव तेजबहादुर तामाङ, सदस्य पुष्कर मल्ल, अमिष राजभण्डारी, राजु साखकर्मी रहेका उनले खुलाए ।

२०७५ देखि तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आफू अध्यक्ष, उपाध्यक्ष अमिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरू छविलाल विक, बन्टी अधिकारी भएको खुलाए ।

समितिमा उनले दिएको बयानअनुसार शिव शिखर सहकारी डुबाइसकेपछि तुलसी सहकारी चलाएको खुलेको छ । उनी सहकारीको ठूलो रकम अपचलन गर्नेमध्ये एकजनाका रुपमा रहेको प्रतिवेदन समितिले दिएको छ ।

शर्माले जग्गा र विभिन्न कम्पनीहरूमा सरकारीको रकम प्रवाह गरेको बयानबाट खुलेको देखिन्छ । आफूले सहकारीको रकम कम्पनीहरूमा लगाएको पनि उनले स्वीकारेका छन् ।

तर आफूलाई सहकारीको रकम कम्पनीहरूमा लगानी गर्न नहुने ज्ञान नभएको उनले बताएका छन् ।

आफू कारागारभित्र बसेर समस्याको समाधान गर्न नसकिने बताउँदै उनले बाहिर निस्कर सुरक्षाको प्रबन्ध भए १ वर्षभित्र समस्या समाधान गर्न सक्ने बयान दिएका थिए।

उनले कुनै कम्पनी बेचेर मात्रै सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिएर सहकारी पुनः सञ्चालन गर्ने दाबीसमेत गरे ।

शर्माकी श्रीमती गीता शर्मा पनि शिव शिखर ठगीमा मुछिएर यतिबेला केन्द्रीय कारागार, जगन्नाथ देवलमा छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : ४७ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै