‘ब्रेकअप सङ’लाई युट्युबमा ‘मिलियन भ्युज’, दर्शक दिँदैछन् रोचक प्रतिक्रिया « Khabarhub

‘ब्रेकअप सङ’लाई युट्युबमा ‘मिलियन भ्युज’, दर्शक दिँदैछन् रोचक प्रतिक्रिया


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगमी दशैँ अर्थात् असोज २४ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा– ५’को दोस्रो गीत ‘ब्रेकअप सङ’ अहिले चर्चामा छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले यो गीतबारे फरक फरक प्रतिक्रिया दिइरहेका छन् । केहीले सकारात्मक र केहीले नकारात्मक प्रतिक्रिया दिएका छन् । यी प्रतिक्रियाबीच यो गीत तीव्र रुपमा भाइरल बनेको छ ।

यो गीतको शब्द संगीत र स्वर बालुल गिरीको हो । गीतमा महिलाको आवाज फिल्म निर्देशक दीपाश्री निरौलाले दिएकी छन् ।

गीतमा भूतपूर्व प्रेमी–प्रेमिकालाई ‘तँ’ भनेर सम्बोधन गरिएको छ । त्यहीकारण केहीले ‘योभन्दा उत्कृष्ट शब्द चयन हुन सक्ने’ तर्क गरेका छन् ।
बुधबार साँझ सार्वजनिक यस गीतले यो समाचार तयार पर्दासम्म १२ लाख ६२ हजारभन्दा बढी भ्युज पाएको छ ।

गीत सार्वजनिक भएको दिन समीर नामका सामजिक सञ्जाल प्रयोगकर्ताले युट्युब कमेन्टमा लेखेका थिए, ‘टिकटकमा भाइरल हुन्छ गीत । बल्ल केटाहरूका लागि भने जस्तै गीत आयो ।’

समीरको अनुमान जस्तै यो गीत टिकटकमा भइरल भएको छ । फिल्मको डिजिटल राइट्स किनेको ‘ओएसआर डिजिटल’ले गीतलाई १० टुक्रा बनाएर टिकटकमा सार्वजनिक गरेको छ । ती १० टुक्रामा ८० हजारभन्दा बढी टिकटक बनेका छन् । अनि भएन त भाइरल ?

यो गीतसँगै फिल्मका शीर्ष कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को ‘लुक्सले पनि चर्चा पाएको छ । उनी अघिल्ला श्रृंखलाभन्दा फरक लुक्समा देखिएका छन् । गीतमा कपाल पालेको लुक्समा सुटसहित केदार प्रस्तुत भएका छन् ।

यो गीतबारे सुशील पोखरेल फेसबुकमा लेख्छन्, ‘माग्ने बूढा त बबमार्ली जस्तो पो देखिए ।’

उनले माग्ने बूढाको गेटअप मन पराएका छन् । उनी अगाडि लेख्छन्, ‘इमानदारीसाथ भन्दा माग्ने बुढा मन प¥यो ।’

फिल्मका लेखक एवम् शीर्ष कलाकार दीपराज गिरीले फेसबुकमा गीतको युट्युब लिंक राखेका छन् । त्यसमा आएका रोचक कमेन्टले यो गीतको लोकप्रियता स्पष्ट हुन्छ ।

सन्दीप पाखरेल लेख्छन्, ‘तेस्रो पटक हेर्दै छु दाइ, ढिलो आयो कडा आयो ।’

नायका राजबल्लभ कोइरालालाई पनि यो गीतले छोएछ । उनी लेख्छन्, ‘आकर्षक र दृश्यात्मक रुपमा मनमोहक ।’

यो गीतले फिल्मप्रति रुचि बढाएको पनि फेसबुकका कमेन्टबाट स्पष्ट हुन्छ । अनुश शर्मा ओली र ठूले किरातीले दीपकलाई प्रश्न गरेका छन्, ‘कतारमा कहिले प्रदर्शनमा आउँछ ?’

त्यस्तै, खेम पुनले ‘छक्का पञ्जा–४’ युट्बमा नहालेकाले यो गीत सेयर गरिदिन गरेको आग्रह अस्वीकार गरेका छन् । उनी लेख्नछन्, ‘छक्का पञ्जा ४ युट्बुमा नहालेसम्म यो गीत सेयर गरिँदैन ।’

दिपेश गुरुङ शब्द चयनमा असन्तुष्टि जनाउँदै निर्माण पक्षले दर्शकअनुसारको काम गरेको तर्क गर्छन् ।

उनी लेख्छन्, ‘गीतमा शब्द अलिक ठाडो भएको जस्तो लाग्यो । मिठास केही कम भएको जस्तो छ । तर जस्तो दर्शक उस्तै गीत भएको छ ।

निर्देशक तथा निर्माता सन्तोष सेनलाई पनि गीतले उत्सुकता पैदा गरेछ । छक्का पञ्जा टिमलाई मनोरञ्जनको भण्डार बताउँदै उनी लेख्छन्, ‘प्रतिक्षाको ब्यग्रता अझै बढ्यो ।’

त्यस्तै, नायिका नीता ढुंगानाले ‘ब्रेकअप सङ’ सेयर गर्दै दशैंमा ‘छक्का पञ्जा–५’ हेर्न दर्शकलाई आग्रह गरेको आशयको क्याप्सन राखी दीपकलाई ट्याग गरेकी छन् । उक्त पोस्टै उनले अन्तिममा आफ्नो फिल्मको प्रचार गर्न भ्याएकी छन् ।

उनी लेख्छिन्, ‘दसैँ आयो, फिल्म हेरौंला, कुन फिल्म हेरौँला ? छक्का पञ्जा हेरौँला । हो फूलपातीमा छक्का पञ्जा–५ । कति रमाइलो गीत । दशैंतिहार सकिएपछि कात्तिक ३० मा हाम्रो फिल्म ह्रस्वदीर्घ है त । हल्का रमाइलो ।’

यस्तो छ गीतको भिडियो

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ०६ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्