जलवायु न्यायका लागि जन मार्च गरिँदै « Khabarhub

जलवायु न्यायका लागि जन मार्च गरिँदै


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न आवाज उठाउने र त्यसबाट परेको असरको न्याय माग गर्ने उद्देश्यले यही शनिबार ‘जलवायु जन मार्च २०८१’ आयोजना गरिने भएको छ । 

शुक्रबार आयोजित पत्रकार सम्मेलन गर्दै आयोजकहरूले विश्वभरका औद्योगिक राष्ट्रलाई जलवायु वित्त भुक्तानीका लागि दबाब दिन जनस्तरबाट मार्च गर्न लागिएको बताएका छन् । 

पत्रकार सम्मेलनमा दिगो विकास इन्स्टिच्युटकी सुस्मिता बैदवारले औद्योगिक राष्ट्रहरूले जलवायु सङ्कट निम्त्याउन महत्त्वपूर्ण भूमिका खेलेको हुँदा तिनले समस्यामा परेका राष्ट्रहरूलाई नियमित आर्थिक सहायता प्रदान गर्नुपर्नेमा जोड दिए।

 उनले भने, ‘वातावरण संरक्षणमा ढिलाइ गर्ने समय छैन, र जलवायु परिवर्तनले अन्यायमा परेका हाम्रो जस्तो मुलुकको न्याय सुनिश्चित गर्न तुरुन्तै निर्णायक कदम चाल्नुपर्छ ।’

त्यस्तै, युथ एड्भोकेसी नेपालका नरेन खतिवडाले विकसित राष्ट्रहरूले जलवायु संकटलाई बढावा दिने प्रणालीबाट फाइदा उठाउँदै आएको बताए । उनले अब ती राष्ट्रहरूले आफ्नो दायित्व पूरा गरेर जलवायु न्यायको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्गता महिला सङ्घका अध्यक्ष प्रतिमा गुरुङले जलवायु परिवर्तनले सबैभन्दा बढी प्रभावित समुदायलाई न्याय दिन जलवायु वित्तको महत्त्व रहेको उल्लेख गर्दै त्यसमा सीमान्तकृत समुदायको आवाजलाई विशेष ध्यान दिनुपर्ने बताए । 

आगामी मङ्सिरमा अजरबैजानमा हुने संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्मेलनमा जलवायु वित्तको मुद्दामा ठोस् निर्णय हुने अपेक्षा गरिएको आयोजकले बताएको छ ।

नेपालमा पछिल्ला समय जलवायु परिवर्तनले विविध चुनौती ल्याएको हुँदा यसलाई सम्बोधन गर्न समयमै आवश्यक कदम चाल्नुपर्नेमा सबैले जोड दिए। मार्च शनिबार बिहान ललितपुरको जावलाखेल चोकबाट सुरु भई पाटन दरबार क्षेत्रसम्म पुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : १७ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा