आज २०८१ साल कात्तिक ४ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक ४ गते आइतबारको राशिफल


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक ४ गते आइतबार तदनुसार सन् २०२४ अक्टोबर २० तारिख। कात्तिक कृष्ण पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आजको प्रयासबाट आम्दानी सहज बन्नेछ। राज्यका कुनै पनि अंगबाट तपाईंले सोचेको काम बन्नेछ। तपाईंले विरोधी ठान्नुभएकाले मित्रवत व्यवहार गर्नेछन्। परिवारले साथ दिनेछ। दिन रमाइलोसँग बित्ने योग देखिन्छ।

वृष : आफ्नै राशिमा चन्द्रमा र बृहस्पति पुगेका छन्। मनमा हुने शंका निवारण गर्ने क्षमता प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने तपाईं शंकाको घेरामा हुनुहुन्छ।

मिथुन : आफ्नै कारणले मन दुःखी हुनेछ। पुरानो रोगले सताउने भएकाले औषधी नियमित गर्नु राम्रो हुनेछ। गुरुसँगको संगतले मन शान्त हुनेछ। धन खर्च हुने दिन भएकाले खर्च गर्दा सचेत बन्नु राम्रो हुनेछ।

कर्कट : साथीहरुप्रति उदार भाव आउने छ। शिक्षाका क्षेत्रमा रहेको झुकावले सफलता मिल्नेछ। पुरानो रोगलाई सानो भनेर लापरवाही गरेमा स्वास्थ्यमा गम्भीर खतरा हुनसक्छ। परिवारको तर्फबाट साथ मिल्नेछ।

सिंह : भाग्यको स्थानमा चन्द्रमा र बृहस्पति पुगेका छन्। तपाईंले लामो समयदेखि वैदेशिक रोजगारको लागि गरेको प्रयास सफल बन्नेछ। आफ्ना नजिकका साथीले तपाईंलाई घाटा लगाउने भएकाले सचेत बन्नु राम्रो होला। परिवारमा सल्लाह गरेर काम गरेमा फाइदा हुनेछ।

कन्या : स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। दाजुभाइको विश्वास गर्दा पश्चाताप हुनसक्छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। साथीभाइको साथले महत्त्तवपूर्ण काम बन्नेछ। परिवारमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध समधुर बन्ने योग छ।

तुला : गोपनीयता भंग हुने भएकाले बोल्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा घाटा हुनसक्छ। दक्षिणको लामो यात्रा नगर्नुहोला। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

वृश्चिक : दिन सहज छ। बौद्धिक व्यक्तिसँग कानुनी परामर्श हुनेछ। कानुनी लफडा भए तपाईंले न्याय पाउने देखिन्छ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। परिवारको तर्फबाट रचनात्मक साथ र सहयोग मिल्नेछ।

धनु : साथी र संगठनकाले असहयोग गर्ने जोखिम रहेको छ। धार्मिक क्षेत्रको यात्रा तय हुनसक्छ। परिवारको राम्रो साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : सञ्चित धनको अचानक खर्च हुनसक्छ। खर्च कटौती गर्नुपर्ने दिन छ। तास वा जुवामा आज नबस्नु राम्रो हुनेछ। न्यायिक क्षेत्रमा गरेको पप्रयास सफल हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कुम्भ : साना कुराले काम अवरुद्ध हुनेछ। मन अशान्त बन्नेछ। कानुनी परामर्श दिने साथीसँग सहकार्य गरेमा दिन हलुका हुनेछ। शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ। परिवारको साथ मिल्ने योग छ।

मीन : दिन रमाइलो छ। बन्धु र दिदीबहिनीले प्रगति गरेको देख्न सकिन्छ। अनियमितताले गम्भीर रोगको जोखिम हुनसक्छ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। परिवारको साथमा दिन रमाइलोसँग बित्नेछ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ५ : ०७ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी