मेची भन्सारबाट तीन अर्ब ५८ करोड राजस्व सङ्कलन « Khabarhub

मेची भन्सारबाट तीन अर्ब ५८ करोड राजस्व सङ्कलन


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष (आव) २०८१–८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।

चालु आव २०८१–८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।

आव २०८०–८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजार रुपैयाँले बढी हो ।

आर्थिक वर्ष २०८०–८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो ।

आव २०८१–८२ मा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ३० बजे

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा

स्याङ्जा–१ मा रास्वपा उम्मेदवार अगाडि, कांग्रेसले पछ्याउँदै

स्याङ्जा– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ मा

चितवन–३ मा सोविता अगाडि, रेनु पछ्याउँदै

काठमाडौं-चितवन–३ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना अनुसार सोविता अग्रस्थानमा छिन्। उनले

काठमाडौं-१ : हारमा रवीन्द्रको ‘ह्याट्रिक’, सुत्केरी रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

काठमाडौं – २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका ‘हेभीवेट’ उम्मेदवार प्रकाशमान