क्रिकेट

साफ महिला च्याम्पियनसिप : आज बंगलादेश र पाकिस्तान खेल्दै

By खबरहब

October 20, 2024

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ए मा रहेको बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा पाकिस्तानले पहिलो खेलमा भारतसँग ५–२ गोल अन्तरले हार बेहोरेको छ भने डिफेन्डिङ च्याम्पियन बंगलादेशले पहिलो खेल खेल्दै छ ।

पाकिस्तानका लागि यो खेल जित्नै पर्ने दबाब छ । यस खेलमा हार बेहोरेमा सेमिफाइनलको दौडबाट बाहिरिने सम्भावना रहेको छ ।

यस अघि सम्पन्न ६ वटा साफ महिला च्याम्पियनसिपमा भारतले पाँच पटक उपाधि जितेको छ भने पछिल्लो पटक बंगलादेशले यो उपाधि जितेको थियो ।