एक खेल अगाडि सुपर ओभरमा नेपालले उचाल्यो अमेरिकाविरुद्धको सिरिज « Khabarhub

एक खेल अगाडि सुपर ओभरमा नेपालले उचाल्यो अमेरिकाविरुद्धको सिरिज


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज एक खेल अगाडि सुपर ओभरबाट उचालेको छ।
सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। अमेरिकाविरुद्धको दोस्रो खेल सुपरओभरमा गएको हो। सिरिजको पहिलो खेल नेपालले १७ रनले जितेको थियो।

सुपर ओभरमा नेपालका लागि सोमपाल कामीले सनसनीपूर्ण बलिङ गर्दै चार बल फालेर दुई विकेट लिए। अमेरिकाले सुपर ओभरमा चार बल खेलेर ३ रनको चुनौती दिएको थियो।

सुपर ओभमा ब्याटिङका लागि पुगेका अमेरिकाका आरोन जोन्स र शायन जहाँगीरलाई सोमपालले लगातार तेस्रो र चौथो बलमा आउट गरेका हुन्।

सुपर ओभरमा तीन रनको लक्ष्य पछ्याएको नेपालले चार बल खेल्दै जित निकालेको हो। पहिलो र दोस्रो बलमा एकएक रन जोडेको नेपालले तेस्रो बल डट खेल्यो। नेपालले चौथो बलमा रन जोड्दै एक खेल अगाडि सिरिज उचालेको हो। सुपर ओभरमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले ब्याटिङ गरे।

अमेरिकाविरुद्ध १७१ रनको चुनौती दिएको नेपालका लागि तेस्रो क्रममा ब्याटिङमा आएका कुशल भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा नटआउट ९२ रन बनाएका थिए। उनी रोचक खेलको म्यान अफ द म्याच बने।

ओपनर आशिफ शेख चार बल खेलेर आउट हुँदा अर्का ओपनर अनिल साहले ३१ बलको सामना गर्दै २५ रन जोडे। उनले दुई चौका र एक छक्का प्रहार गरे। गुल्सन झाले १२ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १९ रन जोडे। कप्तान रोहित पौडेलले १४ बलमा दुई चौकाको मद्दतमा १८ रन बनाए।

दीपेन्द्रसिंह ऐरीले भने तीन बलमा २ रनमात्र जोड्न सके। आरिफ शेख १ रन बनाएर आउट भएको खेलमा एक बल खेल्न मैदान पुगेका करण केसीले छक्का प्रहार गरेका थिए। कमजोर सुरुवात गरेको नेपालको मध्यक्रम चल्दा ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो।

नेपालका सुरुवाती बलरले कसिलो बलिङ गर्न नसक्दा खेल सुपर ओभरमा पुगेको थियो। ८ विकेटको क्षतिमा १७० रन बनाएको अमेरिकाविरुद्ध नेपालका लागि करण केसीले तीन विकेट लिँदा सोमपाल कामीले दुई विकेट हात पारे। सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए। सिरिज अन्तर्गतको अन्तिम खेल सोमबार हुँदैछ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ५३ बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई