पोखरामा निषेधाज्ञा जारी, पाँचजनाभन्दा बढी भेला हुन नपाउने | Khabarhub Khabarhub

पोखरामा निषेधाज्ञा जारी, पाँचजनाभन्दा बढी भेला हुन नपाउने


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले शहीदचोक आसपास पूर्वतर्फ वाई चोक(उत्तर पूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ– फिस्टेल गेट (वैदाम), उत्तरतर्फ– मातपोत कार्यालय र दक्षिणतर्फ– मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यलय अगाडि, ड्यामसाईड) र गैह्रापाटन आसपास अन्तर्गत पालिखेचोकदेखि नवीन मावि सम्मको सडक क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भइ धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको गरिएको छ ।

आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने÷गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । लामिछानेलाई अदालत पेस गरिने भएपछि सम्भावित भिडभाडलाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार साँझ काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा पुर्‍याइएको थियो ।

 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : १४ बजे

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका