एलोन मस्कको स्टारलिङ्क स्याटेलाइट किन संसारभर लोकप्रिय ? जान्नुहोस् ४ रोचक तथ्य | Khabarhub Khabarhub

एलोन मस्कको स्टारलिङ्क स्याटेलाइट किन संसारभर लोकप्रिय ? जान्नुहोस् ४ रोचक तथ्य


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टारलिङ्क स्याटेलाइट इन्टरनेट संसारभर धेरै लोकप्रिय छ । यसले विश्वभर इन्टरनेट कभरेज प्रदान गर्दछ । यसका लागि स्टारलिङ्कले कुनै पनि तार भूमिगत राख्नुपर्दैन । न त स्टारलिङ्कद्वारा कुनै पनि मोबाइल टावरहरू स्थापना गरिएको छ ।

यो एक स्याटेलाइट इन्टरनेट सेवा हो, जसको सहयोगमा तार, केबल र मोबाइल टावरविना देशका दुर्गम क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट र कलिङ सुविधा उपलब्ध गराइन्छ ।

यो सेवा कहिले स्थापना भएको थियो ?

स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा स्पेसएक्स कम्पनी अन्तर्गत काम गर्दछ, जसको मालिक एलोन मस्क हुन् । उही एलोन मस्क – जसले सामाजिक सञ्जाल ट्विटर किनेका थिए ।

स्टारलिङ्क एक विश्वव्यापी ब्रोडब्यान्ड नेटवर्क हो, जसले कम-पृथ्वी कक्षामा आधारित उपग्रह प्रणालीमा काम गर्छ। यसले उच्च गतिको इन्टरनेट सेवामा काम गर्छ ।

एलोन मस्कको कम्पनी स्पेसएक्स सन् २००२ मा स्थापना भएको थियो ।

यसलाई खराब मौसमले पनि असर गर्दैन ?

स्टारलिङ्क सेवा खराब मौसमलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यसले वर्षा, कुहिरो र गर्मीजस्ता खराब मौसममा पनि विना अवरोध काम गर्छ ।

यो सेवा किटको रूपमा आउँछ । यसमा स्याटेलाइट डिस, डिस माउन्ट, वाइफाइ राउटर र वाइफाइ बूस्टर आधार एकाइ हुन्छ।

यसमा ७५ फिट केबल जडान उपलब्ध छ । जसबाट सङ्केत प्राप्त हुन्छ ।

कति देशमा विस्तार ?

स्टारलिङ्कको इन्टनरेट कभरेज हाल ३६ देशमा विस्तार भइसकेको छ । जसमा अमेरिकाको नाम प्रमुख रूपमा रहेको छ । कम्पनीले सन्‌ २०२५ सम्ममा सकेसम्म धेरै देशहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेकाे छ ।

इन्टरनेट कति छिटो ?

स्टारलिङ्कले साना उपग्रहहरूको श्रृङ्खलामार्फत्‌ उच्च गतिको डेटा प्रदान गर्दछ । १५० मेगाबिट/सेकेन्ड (एमबीपीयस) इन्टरनेट प्रवाह गर्छ ।

यसले अमेरिकामा ९१ एमबीपीएस, क्यानाडामा ९७ एमबीपीएस र अस्ट्रेलियामा १२४ एमबीपीएस डाउनलोड गति प्रदान गर्दछ । -नवभारतबाट साभार

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : ४६ बजे

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालन

काभ्रे– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल

म्याग्दी– राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका– ९

गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत

काठमाडौं – कप्तान शुभमन गिलले फेरि शतक प्रहार गरेपछि भारती

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी