पशुपतिको बेथितिबारे जागरण अभियानले जानकारी गरायो मन्त्री पाण्डेलाई « Khabarhub

पशुपतिको बेथितिबारे जागरण अभियानले जानकारी गरायो मन्त्री पाण्डेलाई


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सनातन धर्मलाई कमजोर बनाउने उद्देश्यले पशुपति परिसर भित्र बाइबल वितरण भएको हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले बताएको छ ।

सनातन धर्मको मुख्य धरोहर पशुपतिनाथको प्राङगणमा इसाई धर्म प्रचार हुँदा पशुपति क्षेत्र विकास कोष आँखामा पट्टी बाँधेर बसेको अभियानको आरोप छ ।

अभियानका राष्ट्रिय महासचिव देवेन्द्र झाले कोषलाई पशुपति परिसरमा भएका विभिन्न बेथिति रोक्न आह्वान गरेका छन् । जागरण अभियानले आइतबार कोषलाई ज्ञापनपत्र बुझाउँदै परिसरभित्रको बेथिति रोक्न अनुरोध गरेको हो ।

साथै, अभियानले हिन्दु धर्मालम्बीको आराध्यादेवमा अख्तियार दुरुपयोग निवारण आयोग र अदालतले नै प्रवेश गर्ने गरी कोषको कार्य सञ्चालन हुनु दुखद भएको टिप्पणी गरेका छन् ।

हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले ध्यानाकर्षण गराएका विषयहरू :

– पशुपति क्षेत्र विकास कोषको मातहतमा रहेको जग्गा मदर टेरेसा ट्रस्ट अन्तर्गत पर्ने मिसनरी अफ च्यारिटी चर्च (मित्रपार्क, कालोपुल) सञ्चालन गर्न दिएको ।
– कालोपुलको ज्ञानेश्वर चर्च स्थानीय हिन्दु समाजले रोक लगाए पनि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट पुनः अनुमति लिएको ।
– विजयनगरमा गुठीको जग्गा मस्जिद सञ्चालनमा दिएको
– पशुपतिनाथ मन्दिर परिसरमा फाटो खिच्न मनाही हुँदा पनि शिवलिङ अभिषेक भइरहेको देख्ने गरी बस्ने मिलाई विदेशीसमेतलाई सहज फोटोग्राफ गर्न मिल्ने गरी फ्रेन्डस् पार्क निर्माण गरिएको
– सर्वोच्च अदातलबाट निषेध भए पनि पाशुपत क्षेत्रभित्र मृगस्थलिमा इसाईहरूका लागि चिहान बनाउन दिएको ।
– नन्दी बाच्छा सेवा केन्द्रमा  गौमाता र नन्दीलाई सद्गति गर्दा सोही दिन त्यही ठाउँमा माछा मासु खाने गरेको ।
– पशुपात क्षेत्रमै इसाहरुले बाइबल वितरण गर्ने गरेको ।
– वनकाली धर्मशालालाई वर्षौदेखि अलपत्र पारेको
– भक्तजनको सुविधाको लागि निर्माण गरिएको तिलगंगास्थित धर्मशाला होटलको रूपमा सञ्चालन गरेको ।
– पशुपति विकास कोषले इसाई धर्मावलम्बीलाई कर्मचारी नियुक्त गरेको ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : २३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन