श्रममन्त्री भण्डारीका सय दिन, यस्ता छन् उपलब्धि | Khabarhub Khabarhub

श्रममन्त्री भण्डारीका सय दिन, यस्ता छन् उपलब्धि


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कार्यभार सम्हालेको सय दिन पुगेको छ । सय दिनलाई हनिमुन पिरियड मानिन्छ । यो अवधिमा मन्त्रीले  केही काम सम्पन्न गरेका छन् भने केही काम प्रक्रियामै रहेका छन् ।

उनले आफ्ना सय दिनको कामको समीक्षा गरेका छन् । उनी सबैभन्दा धेरै(१९) पटक मन्त्री बनेका हुन् ।

मन्त्री भण्डारीले आफ्नो पहिलो १०० दिनमा कार्यस्थलमा आधारित सुरक्षा बिमाको काम सम्पन्न गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनामा खटिने श्रमिक र रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरू गरी ६५ हजार व्यक्तिको सामूहिक सुरक्षा बिमा गरी सामाजिक सुरक्षाको प्रत्याभूत गराएका छन् ।

तीमध्ये हालसम्म ६२ हजार २५९ जनाको सामूहिक सुरक्षा बिमा भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्शका लागि थप ३३ जिल्लामा आप्रवासी स्रोत केन्द्रको स्थापना गर्ने कार्य अघि बढेको छ ।

हाल ४४ वटा जिल्लमा सञ्चालित आप्रवासी स्रोत केन्द्र विस्तार भई ७७ वटै जिल्लामा स्थापना गर्न मन्त्रालयले थप ३३ जिल्लाका प्रक्रिया अगाडि बढाएको हो । त्यसबाट जिल्लास्तरबाट नै वैदेशिक रोजगार सम्बन्धी सूचना र परामर्श प्रदान हुने मन्त्रालयले जनाएको छ ।

मन्त्री भण्डारीले आफ्नो पहिलो १०० दिने कार्यकालमा मधेश प्रदेशमा निर्माण हुने व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको तालिम केन्द्र निर्माणलाईसमेत राखेका छन् । त्यसका लागि जग्गा प्राप्ति गर्ने कार्य अघि बढेको मन्त्री भण्डारीले जानकारी दिए ।

त्यस्तै, सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताहरूको थप सूचीकरण गर्ने कार्य समेत आफ्नो १०० दिने अवधिको उपलब्धिभित्र राखेका छन् ।

त्यो समयभित्र ३०० रोजगारदाता र एक लाख ५० हजार योगदानकर्ता थप सूचीकरण गर्ने लक्ष्य मन्त्री भण्डारीको थियो । तर, त्यो अवधिमा ४६६ रोजगारदाता थपिएका छन् । हालसम्म १९ हजार ६७६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

त्यस्तै, १०० दिने अवधिमा एक लाख ५० हजार योगदानकर्ता थप गर्ने लक्ष्य लिएकोमा एक लाख ९८ हजार ५६३ जना सूचीकरण भएका छन् । हाल सूचीकरण हुने योगदानकर्ताको संख्या १६ लाख ९० हजार १०३ पुगेको छ ।

तयसैगरी, उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र क्षेत्रीय विमानस्थल पोखराबाटै श्रम स्वीकृति प्रदान गर्ने कार्य अघि बढाएका थिए । श्रम स्वीकृति लगायतका कार्य गर्न सबै सरोकारवालाहरूसँग छलफल गरी प्रतिबद्धता प्राप्त भई सेवा प्रवाह गर्न तयारी पुरा गरिएको मन्त्री भण्डारीले बताए ।

त्यस्तै उनले १०० दिने उपलब्धिमा तीन देशसँग द्विपक्षीय श्रम सम्झौतालाईसमेत राखेका छन् । जसमा दक्षिण कोरिया (ईपीएस) र मलेसियासँगका द्विपक्षीय श्रम सम्झौताको नवीकरण र ओमानसँग द्विपक्षीय श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएका छन् ।

कोरियासँग नवीकरणका लागि रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेर कार्यदलले काम गरिरहेको छ । एचआरडी कोरियासहितको सहभागितामा संयुक्त बैठक भई अन्तिम रूप दिन बाँकी छ ।

त्यस्तै, नेपालको तर्फबाट मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रूप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकार समक्ष पठाइएको र जवाफ प्राप्त हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ओमानसँगको द्विपक्षीय श्रम सम्झौताका लागि नेपालमा उच्चस्तरीय छलफल भई प्रारम्भिक सहमति भई ओमान पठाइएको र ओमान सरकारको तर्फबाट कानूनी प्रक्रिया पुरा गरी नेपालले पाएपछि नेपाल सरकार मन्त्रिपरिषद् पठाउने गरी अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विना धितो ऋण उपलब्ध गराउने योजना समेत मन्त्री भण्डारीले अघि सारेका छन् । त्यसका लागि कार्यविधिको अन्तिम मस्यौदा तयार भएको र स्वीकृतिको चरणमा रहेको जनाइएको छ ।

सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताहरूको थप सूचीकरण गर्ने भएको छ । त्यो समयभित्र ३०० रोजगारदाता र एक लाख ५० हजार योगदानकर्ता थप सूचीकरण गर्ने लक्ष्य मन्त्री भण्डारीको थियो । तर, त्यो अवधिमा ४६६ रोजगारदाता थपिएका छन् । हालसम्म १९ हजार ६७६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : ४८ बजे

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ

हेटौँडा–  बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका

अमेरिकाले इजरायली गोप्य योजना चुहावटको अनुसन्धान गर्ने

वासिङ्टन– अमेरिकाले इरानविरुद्ध सम्भावित जवाबी आक्रमणको लागि इजरायलको उच्च वर्गीकृत

सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजन तीव्र पार्ने निर्णय

काठमाडौं – सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान

वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई

दोलखामा ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो

दोलखा– जनस्वास्थ्य कार्यालय दोलखाले यस वर्ष दोलखाका नौ स्थानीय तहका