एक वर्षपछि मैदानमा फर्किँदै नेयमार « Khabarhub

एक वर्षपछि मैदानमा फर्किँदै नेयमार


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलका स्टार खेलाडी नेयमार एक वर्षपछि मैदानमा फर्किने भएका छन् । उनको क्लब अल हिलालले नेयमार ठिक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको छ ।

नेयमार अब आगामी सोमबार हुने एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहेका छन् । उनी टिमसँगै युएई प्रस्थान समेत गरेका छन् ।

२०२३ को अगस्तमा अल हिलाल आएकानेयमारले गत वर्षको अक्टोबरमा राष्ट्रिय टिमको खेलमा घाइते भएपछि एक वर्ष मैदानबाट बाहिर रहेका थिए ।

नेयमारले अल हिलालका लागि अहिलेसम्म केवल ५ खेल खेलेका छन् ।

च्याम्पियन्स लिगको खेल खेल्न पाए पनि साउदी प्रो लिगमा भने नेइमार जनवरी अगाडी खेल्न नपाउने भएका छन् ।

अल हिलालले नेयमारको इन्जुरी ठिक हुने सुनिश्चितता नभएपछि विदेशी खेलाडीको कोटामा अन्य खेलाडीलाई लिगमा दर्ता गरेको छ । त्यसैले नेयमार साउदी लिगमा फर्किन भने जनवरीसम्म पर्खिनुपर्ने भएको छ । यस बिचमा उनले ब्राजिलको राष्ट्रिय टिममा कमब्याक भने गर्ने भएका छन् ।

अल हिलालसँग नेयमारको आगामी जुनसम्म सम्झौता रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : ३८ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको