नेपाल फर्किँदै साम्बा « Khabarhub

नेपाल फर्किँदै साम्बा


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल फर्किँदै छिन् ।

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा सहभागी हुन साम्बा ढिलो गरी नेपाल फक्रिन लागेकी हुन् । साम्बा आज राती काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ ।

साम्बाको अनुपस्थितिमा नेपालले जारी साफ च्याम्पियनसिपको पहिलो खेल खेलिसकेको छ । भुटानविरुद्धको पहिलो खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएपछि साम्बाको अनुपस्थिति खड्किएको थियो ।

फ्रेन्च महिला लिगमा इएन अभान्ट गुईग्याम्पबाट खेलिरहेकी साम्बालाई क्लबले रिलिज नगरेका कारण रोकिनुपरेको थियो । भुटानविरुद्धको खेल फिफा विन्डोमा नपरेका कारण साम्बालाई क्लबले रिलिज गरेको थिएन ।

त्यस्तै गुईग्याम्पले यस सिजनमा जित हासिल गर्न नसकेको अवस्थामा टिममा उनको भूमिका महत्वपूर्ण रहेको भन्दै क्लबले रिलिज गरेको थिएन । गुईग्याम्पले गएराती स्ट्रासवर्गविरुद्धको खेलमा ३-२ को जित हासिल गर्दा साम्बाले पहिलो गोल गरेकी थिइन् । जुन यस सिजनमा गुईग्याम्पको पहिलो जितसमेत थियो ।

जारी साफमा नेपालले भने अर्को खेल सोमबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : ५५ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक