नेप्से ४७ अंकले घटेर परिसूचक २६९७ विन्दुमा झर्‍यो, कारोबार कति ? « Khabarhub

नेप्से ४७ अंकले घटेर परिसूचक २६९७ विन्दुमा झर्‍यो, कारोबार कति ?


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.४४ अंकले घटेको छ । आज बजार खुल्ला हुँदा १ बजे केही बेर मात्र बढेको बजार दिनभर राताम्य भएको छ । नेप्से १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा आएको छ ।

नेप्से घट्दा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरमा २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच भएको छ ।

आज १८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१५ वटा कम्पनीको कारोबारमा आउँदा ८८ हजार ७१४ पटक शेयर किनबेच भएको छ ।

आज सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ४ प्रतिशते घटेर ३ हजार २९९.४० विन्दुमा आएको छ । आज सबैभन्दा कम वाणिज्य बैंक समूह १.०२ प्रतिशतले घटेर १ हजार ५९१.७९ विन्दुमा आएको छ । आज म्युचुअल फण्ड भने स्थिर रहेर २१.२८ विन्दु कायम भएको छ ।

त्यस्तै, विकास बैंक समूह २.३४ प्रतिशतले, होलट एण्ड टुरिजम २.२३ प्रतिशतले, हाइड्रोपावर २.१४ प्रतिशतले, लगानी १.८९ प्रतिशतले, जीवन बीमा २.४६ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.०५ प्रतिशतले, लघुवित्त १.५२ प्रतिशतले, निर्जीवन बीमा १.५२ प्रतिशतले, अन्य समूह १.५० प्रतिशतले र ट्रेडिङ समूह १.८६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ३ : १३ बजे

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन

शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट

काठमाडौं- बलिउड अभिनेत्री रानी मुखर्जीको सफल फिल्मी यात्रामा अर्को प्रतिष्ठित