खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण « Khabarhub

खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

बेरुत– इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निवासमा आक्रमण गरेर आफ्नो हत्या गर्ने प्रयास गरेको इरान–समर्थित हिजबुल्लाह आन्दोलनमाथि आरोप लगाएपछि यी आक्रमण भएका हुन् ।

राष्ट्रिय समाचार एजेन्सीले भनेको छ, ‘शत्रु (इजरायली) विमानहरूले आज बिहान हारेत ह्रेइकमा एक मस्जिद र अस्पताल नजिकै एक आवासीय भवनलाई निशाना बनाउँदै बेरुतको दक्षिणी उपनगरहरूमा दुई वटा आक्रमण गरे ।’

इजरायली सेनाले यसअघि नै छिमेकमा हिजबुल्लाहसँग सम्बद्ध भनिएका भवनहरू नजिक बस्ने नागरिकहरूलाई तुरुन्तै खाली गर्न ‘जरुरी चेतावनी’ जारी गरेको थियो ।

सेनाका अरबी प्रवक्ता अभिचय अद्राईले टेलिग्राममा भनेका थिए, ‘तपाईं हिजबुल्लाहसँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाहविरुद्ध आइडीएफ (इजरायली सेना) ले निकट भविष्यमा कारबाही गर्नेछ ।’

केन्द्रीय शहर कैसरियामा प्रधानमन्त्रीको निवासतर्फ एउटा ड्रोन प्रक्षेपण गरिएको तर प्रधानमन्त्री नेतान्याहू र उनकी पत्नी घरमा नभएकाले कोही पनि घाइते नभएको नेतान्याहूको कार्यालयले शनिबार बताएको थियो ।

‘आज मेरो र मेरी पत्नीको हत्या गर्ने इरानको प्रतिनिधि हिजबुल्लाहको प्रयास एक गम्भीर गल्ती थियो’, तेहरान र ‘यसका प्रतिनिधिहरू’ लाई लक्षित गर्दै नेतान्याहूले वक्तव्यमा भने, ‘जसले इजरायलका नागरिकहरूलाई हानि पुर्‍याउने प्रयास गर्छ, उसले भारी मूल्य चुकाउनु पर्नेछ, यसमा इजरायलसँग गत सेप्टेम्बरदेखि युद्धमा रहेको लेबनानको हिजबुल्लाह पनि समावेश छ ।’

इरानले नेतन्याहूको निवासमा भएको आक्रमणको पछाडि हिजबुल्लाहको हात रहेको बताएको छ । हिजबुल्लाहलाई इरानले हतियार तथा वित्तीय सहयोग गर्दछ ।

इरानको आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आक्रमणमा आफ्नो भूमिकाबारे सोधिएको प्रश्नको जवाफमा संयुक्त राष्ट्रसङ्घमा इरानको मिशनले भन्यो, ‘यो कार्य लेबनानी हिजबुल्लाहद्वारा गरिएको थियो ।’ हिजबुल्लाहले आक्रमणको दाबी गरेको छैन ।

इजरायलले अक्टोबर १ को क्षेप्यास्त्र प्रहारका लागि आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध बदला लिने प्रतिज्ञा गरेको छ । इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ३ : ३७ बजे

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई