सवारी चालकलाई 'डिजिटल चिट' दिने प्रणाली सुरु (तस्बिरहरू) | Khabarhub Khabarhub

सवारी चालकलाई ‘डिजिटल चिट’ दिने प्रणाली सुरु (तस्बिरहरू)


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई इ–चलान (डिजिटल चिट) दिने प्रणाली सुरु भएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा नयाँ प्रणालीको उद्घाटन गरिएको हो ।

जारी गरिएको यो ठगीमा चालकले तोकेको जरिवाना रकम डिजिटल पेमेन्ट वालेट मार्फत दिनको अन्त्यसम्म तत्काल तिर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट प्रणाली लागू हुने भएको छ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै यन्त्र उपलब्ध गराइएको छ ।

‘इचलान डिजिटल’ एपमार्फत ट्राफिक प्रहरीले सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखाइएको क्यूआर कोड स्क्यान गरी कारबाहीको विवरण प्रविष्ट गर्नेछ । त्यसपछि ट्राफिक नियम उल्लङ्घन गर्ने स्तम्भ, कसुर र जरिवाना रकम नागरिकलाई बुझाउने र जरिवाना तिर्ने साधनको विवरणसहितको ‘डिजिटल चिट’ देखाउने व्यवस्था मिलाइएको छ । यससँगै चालकले ‘डिजिटल वालेट’ मार्फत जरिवानाको रकम तत्काल तिर्न सक्नेछन् ।

तस्बिरमा हेर्नुहोस् : 

फोटो लाइब्रेरी – नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ५ : १४ बजे

‘कर्णालीलाई भूगोलले होइन, राजनीतिले ठगेको हो’

विनिता कठायत जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक सांसद् हुन्

बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै

नेपालगन्ज– बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको

मिथिलाञ्चलमा मनाइयो करबाचौथ पर्व

महोत्तरी– महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा

केही भूभागमा सामन्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलको आक्रमणमा मारिनेको संख्या १८ सय नाघ्यो

बेरुत – लेबनानको स्वास्थ्य मन्त्रालय अनुसार इजरायलको आक्रमणबाट मारिनेको सङ्ख्या