सवारी चालकलाई ‘डिजिटल चिट’ दिने प्रणाली सुरु (तस्बिरहरू) « Khabarhub

सवारी चालकलाई ‘डिजिटल चिट’ दिने प्रणाली सुरु (तस्बिरहरू)


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई इ–चलान (डिजिटल चिट) दिने प्रणाली सुरु भएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा नयाँ प्रणालीको उद्घाटन गरिएको हो ।

जारी गरिएको यो ठगीमा चालकले तोकेको जरिवाना रकम डिजिटल पेमेन्ट वालेट मार्फत दिनको अन्त्यसम्म तत्काल तिर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट प्रणाली लागू हुने भएको छ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै यन्त्र उपलब्ध गराइएको छ ।

‘इचलान डिजिटल’ एपमार्फत ट्राफिक प्रहरीले सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखाइएको क्यूआर कोड स्क्यान गरी कारबाहीको विवरण प्रविष्ट गर्नेछ । त्यसपछि ट्राफिक नियम उल्लङ्घन गर्ने स्तम्भ, कसुर र जरिवाना रकम नागरिकलाई बुझाउने र जरिवाना तिर्ने साधनको विवरणसहितको ‘डिजिटल चिट’ देखाउने व्यवस्था मिलाइएको छ । यससँगै चालकले ‘डिजिटल वालेट’ मार्फत जरिवानाको रकम तत्काल तिर्न सक्नेछन् ।

तस्बिरमा हेर्नुहोस् : 

फोटो लाइब्रेरी – नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ५ : १४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी