दोलखामा ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो « Khabarhub

दोलखामा ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोलखा– जनस्वास्थ्य कार्यालय दोलखाले यस वर्ष दोलखाका नौ स्थानीय तहका करिब एघार हजार बालबालिकालाई शुक्रबार र शनिबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको छ ।

जनस्वास्थ्य कार्यालय दोलखाले कात्तिक २ र ३ गते राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष मुनिका करिब एघार हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकवर्ष देखी ५  वर्षमुनिका ९ हजार बालबालिकालाई जुकाको औषधि दिएको जनस्वास्थ्य कार्यालय दोलखाकी जनस्वास्थ्य अधिकृत मनिषा महर्जनले बताइन् ।

कार्यालयले जिल्लाका स्थानीय पालिका तथा वडाको समन्वयमा नौ पालिकाका ७४ वडामा रहेका स्वास्थ्य चौकी,सामुदायिक स्वास्थ्य इकाई,विद्यालय,वडा कार्यालयमा स्वास्थ्यकर्मी,स्वस्थ्यस्वयंसेविकालाई परिचालन गरेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको जानकारी दिइन् ।

कार्यालयले सबैभन्दा बढी भिमेश्वर नगरपालिका भित्रका दुई हजार आठ जना बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाएको छ।

त्यसैगरी जिरी नगरपालिकामा एक हजार ५४ जना, कालिञ्चोक गाउँपालिकामा एक हजार पाँच सय ३० जना,मेलुङ गाउँपालिका भित्रका आठ सय २२ जना, शैलुङ गाउँपालिकाका नौ सय ६४ जना, तामाकोशी गाउँपालिकाका आठ सय ६० जना र वैतेश्वर गाउँपालिकाका एक हजार ३५ जना बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाएको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

त्यसैगरी जिल्लाको गौरीशंकर गाउँपालिकामा एक हजार ३२ जना र विगु गाउँपालिका भित्रका एक हजार एक सय ६१ जना गरी दश हजार सात सय ७७ जना र जिल्ला बाहिर बसोबास गर्ने तर दशै मनाउन गाउँ आएका करिब दुई सय ३४ जना बालबालिकालाई पनि भिटामिन ‘ए’ तथा जुकाको औषधि यहीँबाट दिएको हुँदा जिल्लाका झण्डै एघार हजार बालबालिकाले यस वर्ष भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाएको छ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ।

‘बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक रहेको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ। कार्यालयले शुक्रवार र शनिबार छुटेका बालबालिकालाई पनि नजिकैको स्वास्थ्य चौकी मार्फत भिटामिन ए तथा जुकाको औषधि खुवाउने समेत जनाएको छ।
– सुबास बस्नेत

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ६ : ०७ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि