छ वर्षपछि फाल्गुनन्द गोल्डकपको तयारी « Khabarhub

छ वर्षपछि फाल्गुनन्द गोल्डकपको तयारी


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

पाँचथर – छ वर्षपछि प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप पुनः आयोजना हुने भएको छ ।

फिदिम स्पोर्टिङ क्लबले आउँदो पुस ६ देखि १५ गतेसम्म पाँचथरको फिदिममा प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता सञ्चालन हुने फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि २०७६ सालदेखि यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।

दशवटा संस्करण पूरा गरिसकेको प्रतियोगिताको ११औँ संस्करण आयोजनाका लागि तयारी थालिएको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए।

‘ए’ डिभिजनका न्यूनतम चार टोलीसहित १० फुटबल टोलीलाई आगामी प्रतियोगितामा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ । यस्तै, मधेस, बागमती र कर्णाली प्रदेशका एक÷एक, भारतको एक र आयोजकसहित पूर्वका अन्य फुटबल टोली प्रतियोगितामा सहभागी हुने अध्यक्ष थापा मगरले बताए ।

प्रतियोगिताको विजेताले रु पाँच लाख २५ हजार पाँच सय ५५ तथा उपविजेताले रु दुई लाख २५ हजार पाँच सय ५५ रकमसहित ट्रफी र मेडल प्राप्त गर्ने तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न रु ७३ लाख ७५ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक खर्च व्यवस्थापनका लागि प्रायोजकहरुको खोजी, तीनै तहका सरकारसँग सहयोग माग गर्नेलगायत कार्य भइरहेको आयोजकले जनाएको छ । “पुराना प्रवद्र्धक र प्रायोजकसँग टुटेको सम्पर्क र सम्बन्ध पुनःस्थापित गर्न लागिपरेका छौँ”, अध्यक्ष थापा मगरले भने ।

विसं २०४४ मा स्थापित उक्त क्लबले तत्कालीन राजा वीरेन्द्र शाहको जन्मोत्सव तथा फिदिममा आयोजना हुने युवा मेलाको अवसर पारेर शुभजन्मोत्सव फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको थियो । विसं २०६५ पछि भने १६औँ राष्ट्रिय विभूति किरात महागुरु फाल्गुनन्द लिङ्देनका नाममा प्रतियोगिता आयोजना हुने गरेको थियो ।

खेलमैदानको पूर्वतर्फको पर्खाल भत्किएपछि २०७६ सालदेखि अवरुद्ध प्रतियोगिता अर्को वर्ष कोभिड–१९ महामारीका कारण सञ्चालन हुन नसकेको अध्यक्ष थापाले बताए । विसं २०७७ देखि फिदिम खेलमैदानको स्तरोन्नतिको काम सुरु भएपछि प्रतियोगिता स्थगन भएको थियो ।

प्रतियोगितको पहिलो संस्करणका विजेताले रु ५० हजार तथा उपविजेताले रु २५ हजार पुरस्कार प्राप्त गरेका थिए । यसपश्चात् आयोजकले बर्सेनि पुरस्कारमा वृद्धि गर्दै लगेको थियो । विसं २०५७ मा फिदिम स्पोर्टिङ क्लब अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आबद्ध भएको थियो भने फाल्गुनन्द गोल्डकप एन्फा क्यालेन्डरमा समावेश भइसकेको प्रतियोगिता हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ३४ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ