छ वर्षपछि फाल्गुनन्द गोल्डकपको तयारी | Khabarhub Khabarhub

छ वर्षपछि फाल्गुनन्द गोल्डकपको तयारी


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

पाँचथर – छ वर्षपछि प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप पुनः आयोजना हुने भएको छ ।

फिदिम स्पोर्टिङ क्लबले आउँदो पुस ६ देखि १५ गतेसम्म पाँचथरको फिदिममा प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता सञ्चालन हुने फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि २०७६ सालदेखि यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।

दशवटा संस्करण पूरा गरिसकेको प्रतियोगिताको ११औँ संस्करण आयोजनाका लागि तयारी थालिएको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए।

‘ए’ डिभिजनका न्यूनतम चार टोलीसहित १० फुटबल टोलीलाई आगामी प्रतियोगितामा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ । यस्तै, मधेस, बागमती र कर्णाली प्रदेशका एक÷एक, भारतको एक र आयोजकसहित पूर्वका अन्य फुटबल टोली प्रतियोगितामा सहभागी हुने अध्यक्ष थापा मगरले बताए ।

प्रतियोगिताको विजेताले रु पाँच लाख २५ हजार पाँच सय ५५ तथा उपविजेताले रु दुई लाख २५ हजार पाँच सय ५५ रकमसहित ट्रफी र मेडल प्राप्त गर्ने तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न रु ७३ लाख ७५ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक खर्च व्यवस्थापनका लागि प्रायोजकहरुको खोजी, तीनै तहका सरकारसँग सहयोग माग गर्नेलगायत कार्य भइरहेको आयोजकले जनाएको छ । “पुराना प्रवद्र्धक र प्रायोजकसँग टुटेको सम्पर्क र सम्बन्ध पुनःस्थापित गर्न लागिपरेका छौँ”, अध्यक्ष थापा मगरले भने ।

विसं २०४४ मा स्थापित उक्त क्लबले तत्कालीन राजा वीरेन्द्र शाहको जन्मोत्सव तथा फिदिममा आयोजना हुने युवा मेलाको अवसर पारेर शुभजन्मोत्सव फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको थियो । विसं २०६५ पछि भने १६औँ राष्ट्रिय विभूति किरात महागुरु फाल्गुनन्द लिङ्देनका नाममा प्रतियोगिता आयोजना हुने गरेको थियो ।

खेलमैदानको पूर्वतर्फको पर्खाल भत्किएपछि २०७६ सालदेखि अवरुद्ध प्रतियोगिता अर्को वर्ष कोभिड–१९ महामारीका कारण सञ्चालन हुन नसकेको अध्यक्ष थापाले बताए । विसं २०७७ देखि फिदिम खेलमैदानको स्तरोन्नतिको काम सुरु भएपछि प्रतियोगिता स्थगन भएको थियो ।

प्रतियोगितको पहिलो संस्करणका विजेताले रु ५० हजार तथा उपविजेताले रु २५ हजार पुरस्कार प्राप्त गरेका थिए । यसपश्चात् आयोजकले बर्सेनि पुरस्कारमा वृद्धि गर्दै लगेको थियो । विसं २०५७ मा फिदिम स्पोर्टिङ क्लब अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आबद्ध भएको थियो भने फाल्गुनन्द गोल्डकप एन्फा क्यालेन्डरमा समावेश भइसकेको प्रतियोगिता हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ३४ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका