इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकको मृत्यु « Khabarhub

इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकको मृत्यु


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बेरुत – इजरायली सेनाले आइतबार दिउसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको कमाण्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

“इजरायली सेनाले दक्षिणमा ऐन एबेल–हानेन सडकमा सेनाको एउटा गाडीलाई निशाना बनाएको र आक्रमणबाट तीन लेबनानी सैनिकको मृत्यु भएको छ,” लेबनानी सैन्य कमाण्डले भनेको छ।

लेबनानी सैन्य स्रोतले नाम नबताउने शर्तमा दिएको जानकारीअनुसार इजरायली सेनाले उक्त गाडीमा सिधा रकेट प्रहार गरेको थियो ।

लेबनानी सैन्य स्रोतले बताएको छ, “इजरायली लडाकु विमानले दक्षिणी लेबनानका गाउँ, शहर र खुला क्षेत्रमा करिब ४३ वटा हवाई आक्रमण गरेका छन् भने पूर्वी लेबनानमा छोटो दुरीमा हान्ने हतियारको प्रयोग गरी १५ वटा आक्रमण गरेका छन् ।”

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इजरायलको फिलन बेस, उत्तरी इजरायलमा २१० औं डिभिजनको मुख्यालय र लेबनानका विभिन्न गाउँहरूको बाहिरी भागमा इजरायली सेनाको जमघटलाई तोप र क्षेप्यास्त्रले निशाना बनाएको बताएको छ।

इजरायली सेनाले लेबनानमा गत सेप्टेम्बरको अन्त्यदेखि हिजबुल्लाहसँगको बढ्दो तनावबीच आक्रमणलाई सघन बनाइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ४८ बजे

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

लन्डन– इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा

विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा