कालिका मन्दिरमा कात्तिक महिनाको भेटी ३५ लाख रुपैयाँ « Khabarhub

कालिका मन्दिरमा कात्तिक महिनाको भेटी ३५ लाख रुपैयाँ


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा कात्तिक महिनामा ३५ लाख रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा १० लाख रुपैयाँ कम हो ।

बागलुङ कालिका मन्दिरमा असोजमा ४५ लाख २७ हजार रुपैयाँ भेटी सङ्कलन भएको थियो । असोज महिनामा बडादशैँ परेको थियो । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङले मासिक रुपमा हिसाब किताब सार्वजनिक गर्दै आएको छ । जसअन्तर्गत कात्तिकमा ३५ लाख भेटी र अन्य आम्दानी हुँदा १६ लाख रुपैयाँ खर्च भएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

कात्तिकमा ३५ लाख तीन हजार तीन सय ३२ आम्दानी भएको र १६ लाख १५ हजार खर्च भएको छ भने १८ लाख ८८ हजार तीन सय ३२ बचत भएको खड्काले बताए ।

आम्दानीमा भक्तजनले समर्पण गरेको भेटीबाट २२ लाख ३५ हजार पाँच सय ८५, चामल बिक्रीबाट ८० हजार पाँच सय, बोकाबाट ६१ हजार सात सय ५०, कुखुराबाट चार हजार आठ सय, राँगोबाट एक हजार आठ सय, सटर भाडा  तीन लाख १४ हजार पाँच सय ४०, विवाहबाट एक हजार, आर्थिक सहयोग एक लाख २० हजार सात सय सात, परेवा बिक्रीबाट छ लाख ७० हजार सात सय ५० व्रतबन्धबाट छ सय, पण्डितबाट ११ हजार चार सय आम्दानी भएको अध्यक्ष खड्काले जानकारी दिए ।

मन्दिर व्यवस्थापन समिति अन्तर्गत कात्तिकमा १६ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । खर्च अन्तर्गत कर्मचारीको तलबमा चार लाख आठ हजार पाँच सय, बिजुलीमा ५० हजार, अतिथि सत्कारमा एक लाख ५५ हजार, उपहारमा एक लाख, पूर्वाधार विकासमा छ लाख १० हजार नौ सय, पोसाकमा २६ हजार, खाद्यान्न र आवासमा ८५ हजार पाँच सय, विज्ञापनतर्फ १८ हजार पाँच सय, सांस्कृतिक कार्यक्रममा एक लाख ६० हजार छ सय रुपैयाँ खर्च भएको कालिका गुठीका कुमार खड्काले बताए ।

पछिल्लो समय मन्दिरमा धार्मिक पर्यटकको चहलपहल बढेको छ । दशैँयता मुक्तिनाथ जाने, ढोरपाटन जाने पर्यटक कालिका मन्दिर आउँदा मन्दिरमा दैनिकजसो भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : २६ बजे

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल