काठमाडौं– सहकारी संस्थाले बचत हिनामिना गरेर पीडित भएकाहरूले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले बुधबार काठमाडौंमा विरोध प्रदर्शन कार्यक्रम गरेको हो ।
उपत्यकाका विभिन्न स्थानहरू (सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोक) बाट र्यालीसहित माइतीघरमा पीडितहरूले प्रदर्शनी गरेका हुन् ।
उनीहरूले घर, जग्गा बेचेर सहकारीमा बचत गरेको रकम हिनामिना हुँदा उपचारसमेत गर्न नपाएको गुनासो गरेका छन् । सहकारीका ठगहरूलाई जोगाउन सरकार नै लागेको भन्दै प्रदर्शनमा सहभागीले आक्रोश पोखेका छन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया