दरबारमार्गमा एक लाख कार्यकर्ता उतार्ने एमालेको दाबी | Khabarhub Khabarhub

दरबारमार्गमा एक लाख कार्यकर्ता उतार्ने एमालेको दाबी


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही शुक्रबार सत्तारुढ नेकपा एमालेले गर्न लागेको सभास्थल परिवर्तन भएको छ ।

एमाले बागमती इन्चार्ज डा. राजन भट्टराईले पहिले भृकुटीमण्डपमा गर्ने भनिएको सभास्थल परिवर्तन गरेर दरबारमार्गमा सारिएको जानकारी दिए ।

बुधबार सम्पादकहरूसँगको अन्तरसंवादका क्रममा उनले शुक्रबार दरबारमार्गमा शुभेच्छुक, समर्थक र कार्यकर्तासहित एक लाख मानिस उतार्ने जानकारी दिएका छन् ।

भट्टराईका अनुसार बिहान ११ बजेर ३० मिनेटमा भद्रकालीबाट जुलुस सुरु गरेर न्यूरोड, वीर अस्पताल र रत्नपार्क हुँदै दरबारमार्गमा सभामा परिणत हुनेछ ।

‘हाम्रो अनुमान एक लाख मानिस जम्मा हुनेछन्। पहिले भृकुटीमण्डपमा गर्न खोजेका थियौँ । तर मान्छेको उपस्थिति बढ्न सक्ने र ट्राफिक जाम धेरै हुने भएकाले दरबारमार्गमा सभास्थल कायम गरेका हौँ’, भट्टराईले भने ।

उनका अनुसार मध्यान्ह साढे १२ बजे उक्त सभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : ५० बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको