दरबारमार्गमा एक लाख कार्यकर्ता उतार्ने एमालेको दाबी « Khabarhub

दरबारमार्गमा एक लाख कार्यकर्ता उतार्ने एमालेको दाबी


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही शुक्रबार सत्तारुढ नेकपा एमालेले गर्न लागेको सभास्थल परिवर्तन भएको छ ।

एमाले बागमती इन्चार्ज डा. राजन भट्टराईले पहिले भृकुटीमण्डपमा गर्ने भनिएको सभास्थल परिवर्तन गरेर दरबारमार्गमा सारिएको जानकारी दिए ।

बुधबार सम्पादकहरूसँगको अन्तरसंवादका क्रममा उनले शुक्रबार दरबारमार्गमा शुभेच्छुक, समर्थक र कार्यकर्तासहित एक लाख मानिस उतार्ने जानकारी दिएका छन् ।

भट्टराईका अनुसार बिहान ११ बजेर ३० मिनेटमा भद्रकालीबाट जुलुस सुरु गरेर न्यूरोड, वीर अस्पताल र रत्नपार्क हुँदै दरबारमार्गमा सभामा परिणत हुनेछ ।

‘हाम्रो अनुमान एक लाख मानिस जम्मा हुनेछन्। पहिले भृकुटीमण्डपमा गर्न खोजेका थियौँ । तर मान्छेको उपस्थिति बढ्न सक्ने र ट्राफिक जाम धेरै हुने भएकाले दरबारमार्गमा सभास्थल कायम गरेका हौँ’, भट्टराईले भने ।

उनका अनुसार मध्यान्ह साढे १२ बजे उक्त सभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : ५० बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती