पाकिस्तानको उत्तरपश्चिममा आत्मघाती आक्रमण, २० जनाको मृत्यु « Khabarhub

पाकिस्तानको उत्तरपश्चिममा आत्मघाती आक्रमण, २० जनाको मृत्यु


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सीउत्तर–पश्चिम पाकिस्तानमा भएको एक आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु भएको सैन्य निकायले जनाएको । यो अफगानिस्तान सीमा क्षेत्रमा भएको अर्को झडपमा आठ जनाको मृत्यु भएपछिको घटना हो ।

आत्मघाती विस्फोट मंगलबार भएको थियो र यसमा ‘मातृभूमिका १२ बहादुर छोरा’ को मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको छ ।

पहाडी खैबर पख्तुनख्वा प्रान्तको बन्नुमा आत्मघाती आक्रमण हुनुअघि उनीहरू र सैनिकहरूबीच भएको गोली हानाहानमा छ आतंककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

‘चौकीमा प्रवेश गर्ने प्रयासलाई आफ्नै सेनाले प्रभावकारी रूपमा विफल बनायो, जसले (उग्रवादीहरूलाई) विस्फोटक भरिएको सवारी साधन चौकीको परिधि पर्खालमा ठोक्काउन बाध्य पार्‍यो’, विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानी तालिबान हाफिज गुलबहादुर सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले एक बयानमा ‘आफ्नो दुःख’ र ‘आतङ्कवादको अभिशापलाई पूर्ण रूपमा उन्मूलन गर्ने आफ्नो संकल्प’ व्यक्त गरे। गृहमन्त्री मोहसिन नकवीले आक्रमणको निन्दा गरे।

नाम नछाप्ने सर्तमा कुरा गर्ने एक गुप्तचर अधिकारीका अनुसार खैबर पख्तुनख्वामा भएको अर्को आक्रमणको २४ घन्टाभन्दा कम समयमा बम विस्फोट भएको थियो । सोमबार भएको त्यो झडप घन्टौँसम्म चलेको थियो । प्रान्तको तिराह क्षेत्रमा आठ सैनिक र नौ उग्रवादीको मृत्यु भएको ती अधिकारीले बताए ।

पाकिस्तानी तालिवान भनेर पनि चिनिने तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले पछि उक्त आक्रमणको जिम्मेवारी लिएको थियो र सुरक्षा बलले आफ्ना एकजना लडाकुलाई लक्षित गरेको खोजीको जवाफमा उक्त आक्रमण भएको बताएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ५ : ०९ बजे

‘कान्स’मा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले पनि तान्न सकेन घरेलु दर्शक

काठमाडौं – कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका

एमालेमा रोकिएन किचलो, कार्यदलमा विवादबीच बल्थली रिसोर्टबाट प्रतिवेदन एउटै बनाउने जिम्मा तीन नेतालाई

काठमाडौं- नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी