विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक « Khabarhub

विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् ।

‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ’, उनले भने, ‘चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ ।’

त्यसैगरी उनले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताएका छन् ।

‘लोकतन्त्रमा जनताका अधिकारहरूको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो ।’ उनले भने, ‘त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ ,त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्वपूर्ण छ ।’  

उनले स्थानीय सरकारले सहजढंगले  जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए । 


प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ५ : ४१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय