रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी « Khabarhub

रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्याण्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई युद्धका लागि तयार गर्न निर्देशन दिएका छन् ।

यी देशको सिमाना रुस र युक्रेनसँग जोडिएको छ । युक्रेनमा आणविक हमला भएमा यी देश प्रभावित हुन सक्छन् । नर्वेले आफ्ना नागरिकहरूलाई युद्धको चेतावनी दिने पर्चाहरू वितरण गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

स्वीडेनले पनि आफ्ना ५२ लाखभन्दा बढी नागरिकलाई पर्चा पठाएको छ । उनले आणविक युद्धका बेला विकिरणबाट जोगाउन प्रयोग हुने आयोडिन ट्याब्लेटहरू राख्न निर्देशन दिएका छन्।

यसैबीच अमेरिकाले बुधबार युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास बन्द गरेको छ । अमेरिकाको स्टेट काउन्सिलर डिपार्टमेन्टले मंगलबार राति यो घोषणा गरेको हो ।

दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । यससँगै युक्रेनमा बसोबास गर्ने अमेरिकी यात्रुहरूलाई पनि सावधानी अपनाउन भनिएको छ र कुनै खतरा भएमा सुरक्षित स्थानमा जान तयार रहन पनि सुझाव दिइएको छ ।

बाइडेन प्रशासनले तीन दिनअघि युक्रेनलाई रुसमा लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो। त्यसयता दुई देशबीच तनाव बढेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ६ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु