जहाज दुर्घटना प्रकरण : किर्ते गरेको भन्दै सौर्य व्यवस्थापनविरुद्ध प्रधानमन्त्रीकहाँ उजुरी « Khabarhub

जहाज दुर्घटना प्रकरण : किर्ते गरेको भन्दै सौर्य व्यवस्थापनविरुद्ध प्रधानमन्त्रीकहाँ उजुरी


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जहाज दुर्घटनामा ज्यान गुमाएकी छोरीको हस्ताक्षर किर्ते गरे‍को भन्दै सौर्य एयरलाइन्सको व्यवस्थापनलाई कारवाही गर्न मागसहित पीडित परिवारले बुधबार प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडाको हस्ताक्षर किर्ते गरि नक्कली कागज बनाएर एयरलाइन्स व्यवस्थापनले गम्भीर अपराध गरेको भन्दै उजुरी दर्ता गराएका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालमा ४०६० नम्बरमा दर्ता भएको उजुरीमा व्यापारिक स्वार्थका लागि एयरलाइन्स व्यवस्थापन पक्षले गैरकानुनी रुपमा १२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत छोरीको हस्ताक्षर किर्ते गरेको उल्लेख छ । सौर्यले त्यहाँ कार्यरत नै नरहेकी प्रिजालाई कर्मचारी पुष्टि गर्न किर्ते गरेर पीडित परिवारको आत्मसम्मान र स्वाभिमानमा ठेस पुर्‍याएको उजुरीमा उल्लेख छ ।

उजुरीमा जाहाज दुर्घटना छानबिन गर्न गठित सरकारी आयोग गठन गर्दा कानूनविपरीत योग्यता नै नपुगेकालाई सदस्य बनाइएको पनि दाबी गरिएको छ ।

उक्त जहाज दुर्घटनाबारे आयोगले नियोजित प्रतिवेदन तयार गरेको आरोप पनि उजुरीमा लगाइएको छ । उक्त प्रतिवेदनको पुन:परीक्षण गर्न संवैधानिक आयोग गठन गर्न उजुरीमा माग गरिएको छ ।

‘सौर्य जाहाज दुर्घटनाको मुख्य कारण एयरलाइन्स व्यवस्थापन पक्षको लापरवाही, प्राबिधिक त्रुटि र मानवीय कमजारी भन्ने स्पष्ट छ । उक्त कुरा सरकारी आयोगको प्रतिवेदनलेसमेत पुष्टि गरेको छ’, उजुरीमा भनिएको छ ।

१८ जनाको ज्यान जाने गरि भएको उक्त घटनाका मुख्य दोषी वायुसेवा कम्पनी र व्यवस्थापन पक्ष लगायत सबै दोषीलाई कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन उजुरीमा माग गरिएको छ ।

गत साउन ९ गते मर्मतका लागि पोखरातर्फ उड्नेबित्तिकै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा छोरी,ज्वाइँ र नाबालक नाति गुमाएका पत्रकार खतिवडाले गैरकानुनी उडानमा आफूले तीन सन्तति गुमाउनु परेको दुखेसो गरे। निधनपछि पनि छोरीलाई भ्रष्ट सावित गर्न खोजेर एयरलाइन्स व्यवस्थापन पक्षले गम्भीर अपराध गरेको आरोप उनले लगाए ।

‘प्रधानमन्त्रीको हस्ताक्षर किर्ते गर्नेलाई पक्राउ गरेर कारवाही हुने तर गम्भीर अपराध गर्ने सौर्य व्यवस्थापनलाई पक्राउ गरेर कारबाही गर्न कुन कानुनले छेकेको छ ?’ खातिवडाले प्रश्न गरे । उनले बुधबारै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमासमेत उजुरी दर्ता गराएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ६ : १४ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु