युगाण्डाका विपक्षी नेता बेसिग्येलाई अदालतमा उपस्थित गराइयो « Khabarhub

युगाण्डाका विपक्षी नेता बेसिग्येलाई अदालतमा उपस्थित गराइयो


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युगान्डाका प्रमुख विपक्षी नेता किज्जा बेसिग्येलाई बुधबार कम्पालास्थित सैनिक अदालतमा उपस्थित गराइएको छ ।

 उनका वकिल इरियास लुक्वागोले एएफपीलाई बताएअनुसार ६८ वर्षीय बेसिग्येलाई हत्कडी लगाएर जनरल कोर्ट मार्सलमा ल्याइएको थियो ।

उनले भने, ‘बेसिग्येले जनरल कोर्ट मार्सलसमक्ष आफ्नो मुद्दाको विरोध गर्नुभएको र अदालतका अध्यक्षलाई आफू एक नागरिक भएको र सैन्य अदालतमा मुद्दा चलाउन नहुने बताउनुभएको छ।’

बेसिग्येले आफूलाई पक्राउ गरेपछि आफन्तसँग सम्पर्कविहीन भएकाले आफूसँग कानुनी प्रतिनिधि नभएको बताएपछि सुनुवाइ केही समयका लागि स्थगन गरिएको वकिल लुक्वागोले बताए । 

‘वकिलका रूपमा हामी उनको अधिकारको रक्षाका लागि अघि बढेका थियौँ तर, उनले हामीलाई यस विशेष मुद्दाको लागि जानकारी गराउनुभएको छैन । हामीलाई उनले अहिले सामना गरिरहेका आरोपबारे थाहा छैन ।’

बिसिग्येकी पत्नी तथा एचआईभी र एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम युएन एड्सकी प्रमुख विनी ब्यानिमाले केन्याली विपक्षी राजनीतिज्ञ मार्था कारुआको पुस्तक विमोचनका लागि नैरोबी पुगेका बेला शनिबार आफ्ना पतिको अपहरण गरिएको बताएका छन्। 

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : २३ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक