अफगानी किशोरीलाई ‘किड्स राइट्स प्राइज’ पुरस्कार « Khabarhub

अफगानी किशोरीलाई ‘किड्स राइट्स प्राइज’ पुरस्कार


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नेदरल्यान्ड – अफगानिस्तानमा तीन वर्षअघि तालिबान समूह सत्तामा फर्किएपछि बाँच्न सफल भएकी एक किशोरीले महिला अधिकारका लागि लडेको भन्दै मङ्गलबार प्रतिष्ठित ‘किड्स राइट्स प्राइज’ द्वारा सम्मानित गरिएको छ ।

यसअघि ग्रेटा थनबर्ग र नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईलाई समेत अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार जितेका थिए । आयोजकले एम्स्टर्डममा आयोजित कार्यक्रममा मानव अधिकारकर्मी तथा वातावरण कार्यकर्ता १७ वर्षीया नीला इब्राहिमीलाई ‘किड्स राइट्स प्राइज’ द्वारा सम्मानित गरिएको जानकारी गराएको थियो ।

क्यानाडामा बस्दै आएकी इब्राहिमी आफ्नो देशमा बालिका र महिलाको अधिकारका लागि लडिरहेकी साहसी बालिका भएको आयोजकले बताएको छ । बाल अधिकारका लागि काम गर्दै आएको किड्सराइट्स फाउन्डेसनले भनेको छ, “अनलाइनमा भाइरल भएको शक्तिशाली विरोध गीत रेकर्ड गरेपछि उहाँले अन्य अफगानी केटीहरूलाई आफ्नो अधिकारको लागि जोड दिन र विश्वव्यापी कार्यक्रमहरूमा सार्वजनिक भाषण र वकालतको माध्यमबाट उनीहरूले सामना गर्नुपरेको अन्यायको विरुद्ध खडा हुन प्रेरित गरिरहनुभएको छ।”

सन् २०२१ को अगष्टमा अमेरिकी नेतृत्वको सेना फिर्ता भएकोर सत्तामा फर्किएपछि तालिवान अधिकारीहरूले इस्लामी कानुनको कठोर व्याख्या लागू गरेका छन्। अहिले अफगानिस्तानमा महिला र केटीहरू प्राथमिक विद्यालय भन्दा बाहिर अध्ययन गर्न, पार्क, जिम वा ब्यूटी सैलूनमा जान सक्दैनन् । उनीहरू केवल पुरुष सहयोगीको साथ आफ्नो घर छोड्न सल्लाह दिइन्छ।

अफगानिस्तानमा लागु भएको हालैको एक नैतिकतासम्बन्धी कानूनले पनि महिलाहरूलाई सार्वजनिक रूपमा अधिकारका कुरा गर्न प्रतिबन्ध लगाएको छ।संयुक्त राष्ट्रसङ्घले यस स्थितिलाई ‘लैङ्गिक विभेद’ को संज्ञा दिएको छ, तर तालिबान सरकारले राष्ट्रसङ्घको यस्तो चिन्तालाई ‘निराधार र केही भागेका महिलाहरूको भनाइमा आधारित प्रोपोगान्डा भन्ने गरेको छ ।

“अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार जित्नुको अर्थ अफगानी महिला र बालिकाको आवाज विश्वभरि गुञ्जिनेछ,” पुरस्कारबाट सम्मानित भएपछि इब्राहिमीले भने । “हामी सबैले उनीहरूलाई सबैभन्दा अँध्यारो समयमा पनि शक्ति र आशा दिइरहनुपर्छ,” पुरस्कार ग्रहणपछि उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

इब्राहिमीले गत वर्ष अफगानिस्तानमा तचालिवान सरकारको स्थापना र तत्कालिन सरकारको पतनपछि पाँच दिन लगाएर आफ्नो परिवार कसरी भागेर पाकिस्तान पुगे भन्नेबारे दिएको जानकारीले विश्वको ध्यान उनप्रति तानेको थियो । उनी अहिले क्यानडामा बस्छिन

गत वर्ष जेनेभामा आयोजित मानव अधिकार शिखर सम्मेलनमा उनले भनिन्, “म आफ्नो नयाँ घरमा सुरक्षित महसुस गरिरहेकी छु, तर हरेक दिन म अफगानिस्तानमा छोडिएका ती किशोरीहरूको बारेमा सोच्छु।”

इब्राहिमीलाई ४७ देशका १६५ मनोनयनबाट छानिएको थियो र उहाँलाई नोबेल पुरस्कार विजेता यमनी पत्रकार तवाक्कोल कर्मनले ‘किड्स राइट्स प्राइज’ पुरस्कारद्वारा प्रदान गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ८ : ४९ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने