शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला « Khabarhub

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ ।

बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले बिहीबारदेखि पढाइ मेला सुरु भएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए। गाउँपालिकाभित्रका २९ सामुदायिक विद्यालयमध्ये २० विद्यालय सहभागी भएका उक्त मेला बालबालिकाको नियमित पठनपाठन सुधार, पठन सीप विकास र सिर्जनात्मक क्षमताको पहिचान गर्न केन्द्रित रहेको छ ।

शैक्षिक सामग्री निर्माण, यसको प्रयोग प्रभावका विषयमा विद्यालयले प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष चौलागाईंले भने, ‘विद्यालयले बालबालिकाद्वारा निर्मित विभिन्न शिक्षण सामग्री राखेका स्टल प्रदर्शनीमा राखेका छन् । ‘

सहभागी विद्यालयको शैक्षिक सामग्री निर्माण, बालबालिकाको प्रस्तुति शैली, र सामग्रीको प्रभावकारिता मूल्याङ्कनका आधारमा चार उत्कृष्ट विद्यालय छानिएको गाउँपालिका अध्यक्ष चौलागाईंको भनाइ छ ।

छनोट भएका विद्यालयमध्ये कालिका आधारभूत विद्यालय, लिताकोट प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय, हियाखोला र कालिका मावि, टोप्ला तेस्रो र हिमाली आधारभूत विद्यालय, बाबिरा चौथो भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले जानकारी दिए।

शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष रेवती रावलको भनाइ छ ।

स्थानीय स्रोतमाथि आधारित शैक्षिक प्रयासले बालबालिकाको सिर्जनशीलता र व्यवहारिक सीपलाई विशेष प्राथमिकतामा राखेर पढाइ मेला सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १० : ५७ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री