महुली लघुवित्तको एफपीओ आजदेखि खुला | Khabarhub Khabarhub

महुली लघुवित्तको एफपीओ आजदेखि खुला


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको फर्दर पब्किल इस्यू (एफपीओ) आजदेखि खुला भएको छ । संस्थाले सर्वसाधारण समूह अन्तर्गतको ४ करोड ७५ लाख ४४ हजार ९१९ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।

प्रतिकित्ता शेयर मूल्य १ सय रहेको संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता साधारण शेयर आज शुक्रबारदेखि सर्वसाधारणका लागि जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेर निष्कासन गरिएको उक्त शेयर छिटोमा पुस ९ गते र ढिलोमा पुस १९ गतेसम्म खरिद गर्न सकिने छ ।

गत आर्थिक वर्ष ०८०र८१ मा अपरिष्कृत विवरण अनुसार संस्थाको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा र प्रति शेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा रहेको छ । इक्रा नेपालले गरेको रेटिङबाट संस्थाले बीबी माइनस रेटिङ प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ११ : १७ बजे

प्रचण्डले भने – शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा कारबाही होस्  

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटस्थित 

भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित

काठमाडौं– भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट

मधेस प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान

मुक्कुमलुङ दर्शन गर्न पुगेका तीनजना पक्राउ, ताप्लेजुङमा तनाव

सुनसरी– ताप्लेजुङको सेमुक्ति कोक्मा/मुक्कुमलुङ संरक्षणमा लागेको आरोपमा तीन युवाहरूलाई बुधबार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार