साताको कार्टुन : दम्भको उडानतिर ओली ! « Khabarhub

साताको कार्टुन : दम्भको उडानतिर ओली !


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत असार ३० गते प्रधानमन्त्री बनेयता नेकपा एमालेका अध्यक्ष केपी शर्माले संघीय सरकारलाई गति दिन सकेका छैनन् ।

पहिलो र दोस्रो कार्यकालमा आफ्नो अडानका केही प्रशंसा बटुलेका ओली यो कार्यकालमा आलोचनाको घेरामा छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग जुहारी खेल्नेदेखि कामभन्दा भाषणमा धेरै समय दिएका कारण नेपाली कांग्रेससहितको सरकारले परिणाममुखी काम गर्न सकेको छैन ।

ओली यसबीचमा आफ्ना विपक्षी र विरोधीलाई खुइल्याउन पछि पर्दैनन् । सरकारले गति लिन नसकेका बेला ओली अझै दम्भ बोकेर हिँडिरहेका छन् । नयाँ आर्थिक वर्षको ५ महिनामा विकास खर्च केबल १२ प्रतिशत छ तर ओली भने दम्भको उडानमा छन् ।

खबरहबका लागि दीपक गौतमले बनाएका यो कार्टुनमार्फत् ओलीको त्यही प्रवृत्तिमा प्रहार गरिएको छ । सरकारलाई गति दिएर जनतामाझ परिणाम पुर्‍याउनेभन्दा दम्भ बोकेर बस्दा दिनदिनै आलोचना बढिरहेको छ । ओली सार्वजनिक मञ्चमा सुखी नेपाली समृद्ध नेपाल भनिरहन्छन् तर ठोस देखिने काममा भने चुकिरहेको कुरालाई यस कार्टुनमार्फत् कटाक्ष गरिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १२ : ४८ बजे

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको