बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु भएको छ । करिब दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

‘सर्वेक्षण भनेपछि गणनाको कुरा पनि आउँछ, वास्तविक रूपमा बाघ कति छन् र त्यसको आहारा प्रजातिको अवस्था कस्तो छ भनेर स्पष्ट हुन खोजिएको हो’, उनले भने । प्रमुख संरक्षण अधिकृत कँडेलले बाँकेमा सर्वेक्षण काम सकिएपछि बर्दियामा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु गरिने बताए ।

सूचना अधिकारी मन्दीप पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्र्यापिङ, चिन्ह पहिचान र डिएनए परीक्षण प्रविधिको प्रयोगमार्फत सर्वेक्षण सुरु गरिएको उल्लेख गरे । उनले सर्वेक्षणबाट निकुञ्जमा रहेका बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको जानकारी हुने भएकाले त्यसबाट आगामी कार्य योजना बनाउन सहज हुने बताए ।

प्रविधिको प्रयोगले बाघ र बाघको आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको जानकारी दिँदै सूचना अधिकारी पङ्गेनीले बाँकेपछि बर्दियामा सुरु हुने सर्वेक्षणले बाघ संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले बाँके राष्ट्रिय निकुञ्जलाई चार ब्लकमा विभाजन गरी दुई किलोमिटर क्षेत्रफलको एउटा ग्रिड बनाएर स्वचालित क्यामेरा जडान गरेर काम गरिएको बताए ।  क्यामेराको सहयोगले बाघ र आहारा प्रजातिको गतिविधि र दिशासम्बन्धी तथ्याङ्कसमेत सङ्कलन हुने छ । बाघको आहारा प्रजातिमा बाँके राष्ट्रिय निकुञ्जमा चित्तल, बँदेल, चौका, निलगाई, जरायोलगायत पर्छन् ।

सर्वेक्षणका लागि निकुञ्जका प्राविधिक कर्मचारी र नेपाली सेनालाई आवश्यक तालिम प्रदान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार यसलाई अझ प्रभावकारी बनाउन बाँके निकुञ्जमा १०९ स्थानमा स्वचालित क्यामेरा जडान गरिएको छ । निकुञ्जको पश्चिम क्षेत्र कोहलपुर, खडकबार, बुचापुरबाट सर्वेक्षण सुरु गरिएको छ । त्यसका लागि १६ देखि २० जना प्राविधिक कर्मचारीले ८० दिनसम्म जङ्गलमै बसेर काम गर्ने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पछिल्लो समयमा आएर दुवै निकुञ्जको नजिक रहेका बस्तीमा छिरेर बाघले सर्वसाधारणलाई आक्रमण गर्ने र वन्यजन्तुले घर भत्काउने तथा खाद्यान्न नष्ट गर्ने गरेको स्थानीयले  गुनासो गरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : २८ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ