पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक : मन्त्री दाहाल | Khabarhub Khabarhub

पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक : मन्त्री दाहाल


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

मन्त्री दाहालले निर्माण व्यवसाय रोकिँदा अर्थतन्त्र चलायमान नहुने उल्लेख गर्दै भने, ‘जनताको आकाङ्क्षाअनुसारका कामहरू अझै हुन सकिरहेका छैनन् । विकासका आयोजना छनोट गर्न समस्या छ’, उनले भने, ‘प्राथमिकता प्राप्त आयोजनालाई नै प्राथमिकता दिएका छैनौ । जनताको गतिविधि हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

यसैगरी कर प्रणालीलाई सहयोग गर्ने तथा जनताले उत्पादनलाई बजारसम्म ल्याउने किसिमका आयोजनालाई प्राथमिकता दिनुपर्ने मन्त्री दाहालको भनाइ थियो । जनताको जीवनस्तर उकास्ने आयोजना छनोट र सम्पन्न गर्नुपर्ने उनले बताए । निर्माण व्यवसायीले नियमअनुसार काम गरेको भुक्तानी चाँडै पाउने बताए ।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय पूर्वाधार विकासमा जनताको पहुँच विस्तार हुँदै गएको उल्लेख गर्दै अब पूर्वाधार विकासलाई थप गुणस्तरीय बनाउन जरुरी रहेको बताए । ‘पूर्वाधारको दिगो विकासमा सहकार्य गरेर अगाडि बढ्न जरुरी छ’, उनले भने ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सीमित आर्थिक स्रोतले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा चुनौती रहेको बताए । ‘पूर्वाधार विकासमा प्राथमिकीरण गर्नुपर्छ’, उनले भने, ‘विद्युत् प्राधिकरण घाटा हुँदा खुसी हुने जमात देखेको छु । यो नकारात्मक पक्षलाई चिर्दै अगाडि बढ्नुपर्छ ।’ ज

विद्युत् उत्पादनदेखि पूर्वाधार क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्पूर्ण रहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक घिसिङले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले मुलुकको आन्तरिक अर्थतन्त्र समस्या रहेकाले चलायमान बनाउन महासङ्घले छलफल गरिरहेको बताए । ‘हामीले काम गरेको भुक्तानी पाउन सकेका छैनौँ । कतिपय उद्योग धरासायी अवस्थामा पुगेका छन् । अहिले निर्माण उद्योग चलायमान भएका छैनन् ।’ सरकारले सम्झौतामा उल्लेख भएअनुसारको भुक्तानी दिनुपर्नेमा जोड दिँदै उनले निर्माण उद्योग चलायमान बनाउन सरकार गम्भीर हुनुपर्छ भने ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले मुलुकको समृद्धिका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको र यसका लागि सरकारले लगानीमैत्री वातावरण तय गर्न आवश्यक रहेको बताए । ‘हामीले उत्पादनमा जोड नदिने हो भने विद्युत् भार कटौती बढ्दै जान्छ । सरकारले ऊर्जाका क्षेत्रमा लगानी बढाउनुपर्छ’, उनले भने  ।

नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवनकुमार बस्नेतले पूर्वाधार परियोजनासम्बन्धी पछिल्लो समय मिडियाले प्राथमिकता दिन थालेको बताए  । समग्रमा पत्रकारितामार्फत पूर्वाधार विकासमा भएका नराम्रा पक्षलाई सुधार्न मिडियाको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : ४३ बजे

फिल्म ‘मिरमिरे’को वर्कसपमा दयाहाङ र प्रकाश

काठमाडौं – नायक दयाहाङ राई र प्रकाश सपुत शीर्ष भूमिकामा

तेलंगानाको केमिकल फ्याक्ट्रीमा विस्फोट : १० मजदुरको मृत्यु, २० भन्दा बढी घाइते

नयाँदिल्ली- भारतको तेलंगाना राज्यस्थित संगारेड्डी जिल्लामा रहेको औषधि उत्पादन गर्ने

बीआटीई–२०२५ : नेपाल पर्यटक स्वागतका लागि तयार

काठमाडौं– नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी (बीआईटीई) २०२५ मा

शिक्षक महासंघको चेतावनी : शिक्षा विधेयक तत्कालै पारित नभए फेरि आन्दोलनमा होमिन्छौँ

काठमाडौं- नेपाल शिक्षक महासंघले संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय

कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह  

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षालाई विपद्को समयमा उच्च सतर्कता