उत्तरी सिरियामा टर्कीका दुई पत्रकारको हत्या « Khabarhub

उत्तरी सिरियामा टर्कीका दुई पत्रकारको हत्या


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– टर्कीको कुर्द बहुल दक्षिणपूर्वी क्षेत्रका दुई पत्रकारको उत्तरी सिरियामा अंकारा समर्थित र अमेरिका समर्थित लडाकुबीच भएको भिडन्तको रिपोर्टिङका क्रममा मृत्यु भएको टर्कीको एक पत्रकार सङ्गठन र एक गैरसरकारी संस्थाले शुक्रबार जनाएको छ ।

सिरियाको दोस्रो शहर अलेप्पोबाट करिब १०० किलोमिटर पूर्वमा रहेको टिशरिन बाँध नजिकै बिहीबार भएको विस्फोटमा परी नाजिम दास्तान र सिहान बिलगिनको मृत्यु भएको हो ।

पूर्व शासक बशर अल असदलाई सत्ताच्यूत गरेपछि दशकौँदेखिको दुर्व्यवहार र वर्षौंदेखिको सिरियाली गृहयुद्ध अन्त्य भएको छ तर यसले अल्पसङ्ख्यकका साथै महिलाको अधिकार र अर्धस्वायत्त कुर्द क्षेत्रको भविष्यबारे चिन्ता बढाएको छ ।

पूर्व राष्ट्रपति असद र उनका पिताले करिब ५० वर्ष शासन गरेको र हालै अलकायदाको सिरिया शाखामा जरा गाडेको हयात तहरीर अल–शाम (एचटीएस) ले असदलाई देश छोड्न बाध्य पार्ने आक्रामक आक्रमणको नेतृत्व गरेको थियो।

सिरियामा रहेका विभिन्न विद्रोही समूहले देशको फरक फरक भूगोलमा रहेर असद सरकारविरुद्ध लडिरहेका तर एचटीएसको निर्णायक आन्दोलनका कारण राष्ट्रपतिको पलायनपछि देशमा अन्योलको स्थिति छाएको छ ।

एचटीएसले यसलाई कसरी साम्य पार्छ अझै पर्ख र हेरको रणनीतिमा रहेका क्षेत्रीय सङ्गठनले क्षेत्रीय र राजधानीमा सानो सङ्ख्यामा प्रदर्शन गर्दै आफ्नो उपस्थिति देखाउन थालेका छन् ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ३ : २० बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा