बागलुङ कालिकामा एक महिनाको भेटी २९ लाख रुपैयाँ « Khabarhub

बागलुङ कालिकामा एक महिनाको भेटी २९ लाख रुपैयाँ


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङ कालिका भगवती मन्दिरमा मङ्सिरमा २९ लाख रुपैयाँ बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अनुसार मङ्सिरमा मन्दिरमा २९ लाख १२ हजार छ सय ९० रुपैयाँ आम्दानी भएकामा १४ लाख ३७ हजार ३९ रुपैयाँ खर्च भएको छ । मङ्सिरमा १४ लाख ७४ हजार छ सय ५१ रुपैयाँ बचत भएको छ ।

गुठीका अध्यक्ष कुमार खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट १७ लाख आठ हजार छ सय ४० रुपैयाँ, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट एक लाख दुई सय ५० रुपैयाँ, कुखुराबाट सात हजार छ सय, राँगोबाट दुई हजार रुपैयाँ , सटर भाडा तीन लाख नौ हजार पाँच सय ४० रुपैयाँ , विवाहबाट रुपैयाँ, १० हजार पाँच सय रुपैयाँ , वनभोजस्थलबाट एक हजार रुपैयाँ १८ हजार चार सय रुपैयाँ आम्दानी भएको छ ।

कर्मचारीहरूको तलबमा चार लाख पाँच सय रुपैयाँ, बिजुलीमा ३५ हजार नौ सय ३० रुपैयाँ , पूर्वाधार विकासमा पाँच लाख २८ हजार छ सय ९८ रुपैयाँ, पूजा खर्च ५५ हजार, पोशाकमा ५३ हजार रुपैयाँ, विज्ञापन खर्च  छ हजार रुपैयाँ, मेसिन तथा उपकरण २८ हजार रुपैयाँ, खाद्यान्न र आवासमा ७८ हजार रुपैयाँ, मर्मतसम्भारमा १७ हजार रुपैयाँ, यातायात तथा भ्रमणमा एक लाख तीन हजार आठ सय रुपैयाँ खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ३ : ३८ बजे

ट्राफिक कारबाहीबाट पाँच लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ९२२ सवारीचालकलाई सवारी

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको