स्याङ्जामा आगलागीबाट १५ लाखको क्षति | Khabarhub Khabarhub

स्याङ्जामा आगलागीबाट १५ लाखको क्षति


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वालिङ– गएराति स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडामा आगलागी भएको छ । भलुवाडाँडा बस्ने ८१ वर्षीय बेलनारायण श्रेष्ठको ढुङ्गा तथा माटोले बनेको कच्ची घर र गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेशलाल श्रेष्ठले बताए ।

गए राति श्रेष्ठको एकतले कच्ची गोठबाट सुरु भएको आगोले निजकै कच्ची दुई तले घर र गोठमा क्षति पुगेको छ । विद्युत् सर्ट भई आगलागी भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रहरी र स्थानीयले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट दुई तले कच्ची घर र गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । रातिको समयमा अकस्मात् घर जल्दा भित्रै रहेको एक लाख ३० हजार रुपैयाँ नगद, सुन सात तोला, भाँडावर्तन, लत्ताकपडा गरी  १५ लाख रुपैयाँ बराबरको क्षति भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ३ : ५० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग