स्याङ्जामा आगलागीबाट १५ लाखको क्षति « Khabarhub

स्याङ्जामा आगलागीबाट १५ लाखको क्षति


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वालिङ– गएराति स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडामा आगलागी भएको छ । भलुवाडाँडा बस्ने ८१ वर्षीय बेलनारायण श्रेष्ठको ढुङ्गा तथा माटोले बनेको कच्ची घर र गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेशलाल श्रेष्ठले बताए ।

गए राति श्रेष्ठको एकतले कच्ची गोठबाट सुरु भएको आगोले निजकै कच्ची दुई तले घर र गोठमा क्षति पुगेको छ । विद्युत् सर्ट भई आगलागी भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रहरी र स्थानीयले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट दुई तले कच्ची घर र गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । रातिको समयमा अकस्मात् घर जल्दा भित्रै रहेको एक लाख ३० हजार रुपैयाँ नगद, सुन सात तोला, भाँडावर्तन, लत्ताकपडा गरी  १५ लाख रुपैयाँ बराबरको क्षति भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ३ : ५० बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ