‘सुदूरपश्चिममा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याएका छौँ’ « Khabarhub

‘सुदूरपश्चिममा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याएका छौँ’


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी छन्  ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्री भट्टराईले सबै पूर्वाधार निर्माण गरेर सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ उक्त विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी हुन्  ।

सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई सबलीकरण गर्न सोही क्षेत्रबाट नै जनशक्ति उत्पादन गर्न सरकार तयार भएको उनले बताइन् ।

उक्त विश्वविद्यालयको ५५ वटा साना ठूला भौतिक पूर्वाधारमध्ये ५० वटा संरचना निर्माण सम्पन्न भइसकेको ५ वटा सम्पन्न हुन लागेको उनले बताइन् । मन्त्री भट्टराईले चिकित्सा शिक्षा ऐनअनुसार विश्वविद्यालय सञ्चालन गरिने बताइन् ।

बैठकमा समिति सदस्यहरूले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सहज रूपमा अघि बढाउनका लागि छिटो भन्दा छिटो विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ३ : ५८ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ