मेडिकल कलेज परिसरको रुखमा कुकर बम, सेनाद्वारा निष्क्रिय « Khabarhub

मेडिकल कलेज परिसरको रुखमा कुकर बम, सेनाद्वारा निष्क्रिय


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।

मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १०ः३० पुरानो प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।

‘बम पुरानो  खिया लागेको अवस्थामा थियो, नेपाली सेनाले निष्क्रिय गरेको छ’, कार्कीले भने, ‘कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धानको क्रममै रहेका छौँ ।’

प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडी ब्याट्रीलगायत उपकरण जडान गरिएको थियो ।

ब्यागमा राखेको अवस्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो ।

बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले दिउँसो १ बजे निष्क्रिय गरिसकेको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : ४२ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)