नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि « Khabarhub

नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि भएको छ ।

नेपालमा यो दोस्रो केस हो । हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय युवामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकिपक्स संक्रमण पुष्टि भएको हो ।

हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । यसअघि २०८० साल असारमा विदेशबाट आएकी एक जना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : १५ बजे

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले

चीन र अल्जेरियाबीच अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट एक अर्ब